ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिक्किममा २५ वर्षपछि पवनको सरकार ढल्यो, नेपालीभाषी पटका पडकाउन थाले


एबीसी न्यूज
१० जेष्ठ २०७६, शुक्रबार   ८ : ४३   बजे

काठमाडौं, १० जेठ । भारतको हिमाली राज्य सिक्किममा २५ वर्ष लामो शासन गरेका पवनकुमार चाम्लिङको सरकारले हार व्यहोरेको छ। पवन चाम्लिङ २५ वर्षपछि सत्ता बाहिर निस्किने भएका छन्।
उनको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्टले यस पटकको विधान सभा चुनावमा हार व्यहोरेको हो।
मतगणना अनुसार उनको पार्टीलाई चुनौती दिएको पहिलाका आफ्नै सहकर्मी पिएस गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले १८ सिटमा विजय हासिल गरेको छ।३२ विधान सभा सिट रहेको सिक्किममा मोर्चाले सरकार बनाउन स्पस्ट बहुमत प्राप्त गरेको छ।

पवन चाम्लिङले लामो समय मुख्यमन्त्री भएको रेकर्ड बनाएका थिए। सरकार बनाउन आफ्नो पार्टीलाई बहुमत प्राप्त भएपछि सिक्किम क्रान्तिकारी मोर्चाका कार्यवाहक अध्यक्ष कुंगा निमा लेप्चाले बिहीबार राति पत्रकारहरुसँग भने, ‘हामी अत्यन्तै उत्साहित भएका छौँ। सिक्किममा परिवर्तन चाहने पक्षधरहरु सबैको विजय हो।’

बिहीबार राति चुनावको नतिजा आएसँगै त्यहाँका नेपालीभाषी सर्वसाधारण सडकमा निस्केर पटका पडकाउन थालेका छन्। संसदीय दलको नेता छानेर राज्यपालकहाँ पुगेपछि नयाँ सरकार बनाउने प्रक्रिया शुरु हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group