ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीलङ्काको उत्तरपश्चिम क्षेत्रमा धार्मिक समूहबीच विवाद, राष्ट्रभर कफ्र्युको घोषणा


एबीसी न्यूज
३१ बैशाख २०७६, मंगलबार   ८ : १४   बजे


काठमाडौं, ३१ बैशाख । श्रीलङ्काको उत्तर पश्चिमी क्षेत्रमा रहेको कुरूनेगाला जिल्लामा अल्पसङ्ख्यक मुसलमान समुदाय र बहुसङ्ख्यक बुद्धमार्गी समूहबीच झडप भएपछि राष्ट्रव्यापी कफ्र्यु आदेश जारी भएको छ ।

प्रहरी प्रवक्ता एसपी रुवान गुणशेखरका अनुसार प्रशासनले उत्तर पश्चिमी शहरहरू कुलियापिटिया, विङ्गीरिया, धुम्मलासुरिया, हेट्टिपोला, रसनायकापुर र कोवैगानेका नगर क्षेत्रमा सोमबार दिउसोदेखि शुरू भै मङ्गलबार ४ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको बताउनुभयो । सोमबार भएका भडपमा मुसलमानहरूको धार्मिक आस्थाको केन्द्र मस्जिदहरूका कैयौँ सम्पत्तीहरूमा क्षति पुगेको एक प्रत्यक्षदर्शीले बताए ।

झडपपछि उक्त क्षेत्रमा थप हिंसाका घटना नहोस भन्नका लागि प्रशासनले उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी पठाएको र थप अहिले स्थिति सामान्य बनिसकेको प्रहरीले बताएको छ । यसैबीच प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले एक विज्ञप्ति जारी गरी सवै समुदायलाई सम्यमित बन्न आग्रह गर्नुभएको छ ।

विज्ञप्तिमा गलत तथा भ्रामक सूचनाबाट प्रभावित नबन्न र शान्त रहन आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीले भन्नुभयो, “सरकार तथा सुरक्षा निकायले नागरिकको सुरक्षाका लागि निरन्तर खटिरहेको छ तर पनि हरबखत हिंसाका घटना देखिइरहेका छन् । यसको अनुसन्धान गरी नागरिकको सुरक्षाका लागि सरकार प्रतिवद्ध छ ।” सरकारले गलत सूचना सम्प्रेषण नहोस् भनी मुलुकमा सञ्चालनमा रहेका फेसबुक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालहरूमा सोमबार विहानैदेखि अनिश्चित समयका लागि बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group