काठमाडौँ, १० चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोसी प्रदेशको नामांकनका विषयलाई लिएर अनावश्यक विवाद नगर्न सबै समक्ष आग्रह गरेका छन् । बिर्तामोडमा नेकपा (एमाले) झापाले आज आयोजना गरेको मिसन ग्रासरुट अभियानको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले कोसी प्रदेशको नामाकरणमा विवाद गर्नुपर्ने कुनै ...