काठमाडौं, १३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक जस्ताको तस्तै पारित गर्न खोजिएकोमा असन्तुष्टि जनाएकी छन्। एमाले नेताहरूसँग सोमबार शीतल निवासमा भएको छलफलमा उनले नागरिकता जस्तो गम्भीर विषयमा राष्ट्रिय सहमति हुनुपर्ने बताएकी हुन्। राष्ट्रपतिसँग छलफल गर्न एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, ...