गौशाला, १३ साउन। महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको आज दिउँसो दोस्रो गाउँपरिषद् भइरहेका बेला परिषद्मै कुर्सी हानाहान भएको छ । राजपा नेपालका अध्यक्षसहित बहुमतको स्थानीय सरकार रहेको पिपरा गाउँपालिकाको परिषद् भइरहेका बेला राजपा नेपालकै नेता कार्यकर्ताले परिषद्को विरोध र बहिष्कार गर्दा कुर्सी हानाहान भएको हो । ...