ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी कार्यालयमा सीसी क्यामेरा जडानपछि , घुस लिन होटल र रेष्टुरेन्ट


एबीसी न्यूज
१३ श्रावण २०७५, आइतबार   ४ : २२   बजे

सरकारी कार्यलयमा सेवाग्राहीबाट घुष वा नजराना नलिई काम नगर्ने आरोप लागि रहेको नापी कार्यालय झापामा सीसी क्यामेरा जडान गरिएपछि विचौलिया र कर्मचारीले सेवाग्राहीबाट रकम असुल्न नयाँ बाटो रोज्न थालेका छन् ।

घर जग्गा नाप नक्साका लागि सेवाग्राहीको बढी भीडभाड हुने भद्रपुर स्थित नापी कार्यालयमा सीसी क्यामेरा जडान गरेर कार्यालयमा हुने गतिविधिको निगरानी सुरू भएपछि विचौलिया र कर्मचारीले सेवाग्राहीबाट रकम असुल्न होटल, रेष्टुरेन्ट रोज्न थालेका हुन् ।

कर्मचारीले घुस नखाई काम नगर्ने, कार्यकक्ष भित्र पसेर विचौलियाको भूमिकामा रहेकाहरुले नक्सा झिक्ने, कर्मचारीले सेवाग्राहीमाथि हातपात, तथा गाली गलौज गर्ने, कर्मचारी फाँटमा नबस्ने लगायतको गुनासो आइ रहने सो कार्यालयमा विभागले सत्य तथ्य जानकारीका लागि सीसी क्यामेरा राखेर कार्यालयको गतिविधिलाई निगरानी गर्न प्रविधिको प्रयोग गरेको हो । विचौलियाले कर्मचारीलाई प्रभावमा पारी कार्यकक्ष भित्र पसेरे नक्सा चलाउने, फेरबदल गर्ने, अनावश्यक भीडभाड गरेर काममा बाधा पुर्याउने गरेका छन् ।

सेवाग्राही मैत्री सेवा प्रवाहमा कमजोर रहेको नापी कार्यालय भित्र घुषपैठ वापत रकम लिँदा सीसी क्यामेरामा प्रमाण रहने डरले लेखापढी गर्ने व्यवसायीलाई विचौलियाका रूपमा प्रयोग गरी कर्मचारीले सर्वसाधारणलाई रकम तिर्न बाध्य बनाउन छाडेका छैनन् ।

त्यस्ता अराजक गतिविधि रोकेर सेवाग्राही मैत्री कार्य सम्पादन गर्न सीसी क्यामेरा महत्वपूर्ण रहने नापी विभागको विश्वास छ । सीसी क्यामारा जडानपछि सेवा लिन आउने अधिकांश सेवाग्राहीको अनुभवमा विचौलियाविना काम नहुने अनुभव सुनाउने गरेका छन् । नक्सा तथा कित्ताकाटका लागि आइ पुग्ने जोसुकै सेवाग्राहीले लेखापढी व्यवसायीले भने अनुसार रकम नतिरे काम नै हुँदैन । उनीहरुको पछिल्लो अनुभव अनुसार नापीमा सेवा प्रवाहमा कर्मचारीले नयाा शैली मार्फत रकम असुल्ने गरेका छन् ।

यता नापी प्राविधिक तथा नेपाल सर्वे एशोसिएशन झापाका अध्यक्ष सरोज कुमार विश्वकर्मा भने जनपक्षीय कार्यका लागि सीसी क्यामेरा महत्वपूर्ण रहेको बताउँछन् । उनका अनुसार समाजको हेराइ नै नापी कार्यालय भित्र अनियमितता हुने कार्यालय भएको हुनाले त्यस्तो भ्रम चिर्न र यथार्थ बाहिर ल्याउन जरुरी भएकोले सीसी क्यामेरा जडान आवश्यक परेको हो ।

यस्तै कार्यालय प्रमुख डिल्ली राजभण्डारीका भनाइर्मा कर्मचारीको नियतनै खराब हो कि सेवाग्राहीको आरोप हो भन्ने विषलाई अन्तिम विन्दुमा पुर्याउन यो प्रविधि सञ्चालनमा ल्याइएको हो । कार्यालयका हरेक कोठामा सीसी क्यामेरा राखिएको भण्डारीले जनाए । अनुमानित डेढलाखको लागतमा जडान गरिएको क्यामेराले कार्यालयको मुल गेटदेखि परिसर वरिपरि काम गरिरहेको छ ।

यो प्रविधि कार्यान्वयनमा आएपछि विचौलियाले सेवाग्राहीको काम छिटो गराउने भन्दै पैसा असुल्ने र फाँटवाला कर्मचारीलाई होटलमा नजराना बुझाउने गरेका छन् । कार्यालयमा आउने सेवाग्राहीको भीड देखाएर लेनदेनविना कामा गर्न नसक्ने बाहनामा सेवाग्राही भने ठगिरहेको पीडितको गुनासो छ । पहिले कार्यालयभित्र नै पैसा माग्ने चलन थियो अहिले कार्यालय बाहिर होटलमा पैसा माग्न थालिएको छ नापीमा सेवा लिन आउने सेवाग्राहीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group