ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलम्बन


एबीसी न्यूज
१३ श्रावण २०७५, आइतबार   ५ : ४३   बजे

इलाम, १३ साउन । आर्थिक अनियमितता गरेको अभियोगमा इलाम माई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलम्बनमा परेका छन् ।

आर्थिक अनियमिततामा मुछिएका प्रमुख प्रशासकीय अधिकृत कालिदास ढकाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गरी हिरासतमा लिएको छ ।

यसअघि नगरका तत्कालीन लेखा अधिकृत रविनचन्द्र ढकाललाई अख्तियारको टोलीले पक्राउ गरेको थियो। नगरको आन्तरिक लेखा परीक्षण (आलेप) का क्रममा लेखा अधिकृत ढकालले सञ्चित कोषमा जम्मा हुने रकम इण्डोर्स गरी आफ्नो नामको बैंक खातामा जम्मा गरेको पाइएपछि अख्तियारले नगरको श्रेस्ता लिएर अनुसन्धान अगाडि बढाएको हो। प्रमुख प्रशासकीय अधिकृत ढकालका स्थानमा उपसविच माधव ढकाल सरुवा भएका छन्।

कोष तथा लेखा नियन्त्रकको कार्यालयका कर्मचारीले आलेप गर्ने क्रममा तत्कालीन लेखा अधिकृत रविनचन्द्र ढकालले अनियमितता गरेको पाएका थिए।

ढकाल उदयपुरको कटारी नगरपालिकामा सरुवा भइ हाजिर भएको एक महिना पनि बित्न नपाउँदै तीन करोड ९७ लाख ५० हजार रुपैयाँ हिनामिनाको आरोपमा ढकाल पक्राउ लगत्तै आलेपकै क्रममा रहेको नगरको आर्थिक श्रेस्ता अख्तियारले लगेको थियो।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार तत्कालीन लेखा अधिकृत ढकालले माई नगरपालिकामा आर्थिक वर्ष २०७४्७५ मा निकासा भएको सञ्चित कोषको रकम एक करोड ४८ लाख ६३ हजार दुई भिन्नाभिन्नै मितिमा इण्डोर्स गरी आफ्नो नाममा रहेको व्यक्तिगत बै‌ंक खातामा सारेका थिए ।

पहिलो चौमासिकमा निकासा भएको रकमबाट २०७४ भदौ १ गते ४९ लाख ८७ हजार पाँचसय र दोस्रो चौमासिकमा निकासा भएको रकम २०७४ मंसिर २७ गते ९८ लाख ७६ हजार रुपैयाँ ढकालले आफ्नो बैंक खातामा सारेका थिए।

कोलेनिकाका अनुसार वित्तीय समानीकरण र शसर्त अनुदान अन्तर्गत सञ्चित कोषमा जम्मा भएको रकम कोषबाट चालु र पूँजीगत खातामा रकमान्तर गर्दा झुक्याएर उनले चालु र पूँजीगतसँगै एक अर्को चेकबाट आफ्नो व्यक्तिगत बैक खातामा जम्मा गरेको पाइएको छ।

यस क्रममा लेखा अधिकृत ढकालले सामाजिक सुरक्षातर्फको रकम वितरण गर्न भनी बैंक र प्रमुख प्रशासकीय अधिकृतलाई समेत झुक्याएको बताइएको छ।

अनुसन्धानका क्रममा अख्तियारले नेपाल बैक इलामका तत्कालिन प्रबन्धक मोहन निरौलाको समेत बयान लिइएको छ। तत्कालीन लेखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृत ढकालको पालामा एक सेवा निवृत्त र एक सरुवा भएका कर्मचारीको तलब समेत गायब पारिएको थियो।

अवकाशप्राप्त खरिदार यामबहादुर बस्नेतको तलव भत्ता र सरुवा भएर अन्यत्र गएकी कर्मचारी कमला कार्कीको चार लाख १५ हजार रकम समेत गायब पारिएको हो।

यस्तै विद्यालयको लागि निकासा भएको रकममा पनि करार शिक्षक भुक्तानीका नाममा अनियमितता भएको बताइएको छ। शिक्षामा भएको ८९ लाख ७६ हजार चार सय २५ रुपैया निकासा भएको तर यसको सवै निकासा भएका देखिएको छैन्।

तत्कालीन लेखा अधिकृत ढकाल सरुवा भएर गएको कटारी नगरपालिकामा समेत तीन करोड ९७ लाख ५० हजार रुपैयाँ रकममा अनियमितता पाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group