काठमाडौं १८ माघ । अर्थमन्त्री डा प्रकाशशरण महतले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । निर्यात व्यवसायी महासङ्घ नेपाल फिनको स्थापना दिवस तथा चौथो वार्षिकोत्सव समारोहमा अर्थमन्त्री डा महतले नेपाली उत्पादन उच्च प्रविधियुक्तभन्दा पनि मौलिक हुनुपर्नेमा जोड दिनुभयो । ...