काठमाडौं ७ फागुन । अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ निलम्बित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन्। तामाङ निलम्बनमा परेसँगै गृह मन्त्रालयले अध्यागमनमा नयाँ महानिर्देशक पठाउने तयारी गरेको छ। ‘अध्यागमनजस्तो महत्वपूर्ण कार्यालयमा ...