काठमाडौं, ८ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुँजीगत खर्च गर्ने क्षमता बढाउन मातहत कार्यालयका प्रमुखलाई निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज आयोजित तेस्रो त्रैमासिक प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले निर्धारित लक्ष्य पूरा गर्नेगरी काम गर्न निर्देशन दिनुभयो । “तोकिएका ‘माइलस्टोन’ पूरा ...