काठमाडौं, २७ कात्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भारतसँगको सीमा समस्या समाधानका लागि उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्न सरकारलाई पुनः सचेत गराएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सो समस्या समाधानका लागि परिणाममुखी पहल गर्न पनि सरकारलाई आग्रह गर्नु भयो । ...