काठमाडौं,२८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकले आज आयोजना गर्नुभएको औपचारिक रात्रिभोजमा सरिक हुनुभएको छ । सो अवसरमा नेपाली गीत तथा भियतनामी नृत्य प्रस्तुत गरिएको थियो । प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र ...