हेटौँडा, ३० फागुन । मकवानपुरको त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिकाको पालुङ नजिक गएराति करीब ११ः४५ बजे काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ ख ७४११ नंको ट्रक ट्रेलरमा अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट ट्रकमा क्षति पुगेको छ भने ट्रकका चालक तथा सहचालक सुरक्षित छ । ...