काठमाडौँ, ८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम यचुरी बिहीबार काठमाडौँ आउँदै हुनुहुन्छ । यहाँ रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट्नुहुनेछ । ...