काठमाडौं, २० चैत । कैलालीको घोडाघोडी नगरपालिकामा युवतीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने घटनामा संलग्न ६ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ। जिल्ला अदालतको आदेशमा उनीहरुलाई मंगलबार जेल चलान गरिएको हो । घोडाघोडी नगरपालिका—५ देउकलिया गाउँकी राधा चौधरीमाथि बोक्सी आरोपमा २४ फागुनमा निर्घात कुटपिट भएको थियो ...