तनहुँ । दुई दिनअघिको भीषण वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा भित्र्याउने वेलाको धानमा क्षति भएको छ। जिल्लाका १० वटै पालिकाका विभिन्न ठाउँमा वर्षाले धानमा क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। सबै स्थानमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ। केन्द्रका सूचना अधिकारी किरण परियारका अनुसार ...