काठमाडौं ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दलहरु विभाजन गर्न सजिलो हुनेगरी अध्यादेश ल्याउनेबारे कुनै तयारी नभएको सत्तासाझेदार दलहरुलाई जानकारी गराएका छन्। बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा यसबारे कुरा उठेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता इस्तियाक राईले जानकारी दिए। ...