काठमाडौं ३२ साउन । काठमाडौँस्थित भारतीय राजदूतावासमा बिहीबार (अगस्त १५) भारतको ७८औँ स्वतन्त्रता दिवस मनाइएको छ। स्वतन्त्रता दिवस कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा फहराउँदै समारोहको शुभारम्भ गरेका थिए। कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधन भिडिओमार्फत प्रस्तुत ...