काठमाडौं ५ भदौ । बुधबार बिहान हुम्ला जिल्लाको चंखेली गाउँपालिकामा जिप दुर्घटनाबाट गम्भीर घाइतेहरुको हेलिकप्टरबाट उद्धार गरिएको छ। गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याएको हो। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा गम्भीर घाइते ...