काठमाडौं, २३ साउन । जिल्ला अदालत काठमाडौंले नेकपा (विप्लव)का प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’लाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीले हेटौंडाबाट काठमाडौं आइरहेको बा १४ प २७२९ नम्बरको सवारीमा मंगलबार साँझ करिव साढे ७ बजेतिर प्रकाण्डसहित तीन जनालाई पक्राउ गरेको थियो ...