ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतका विभिन्न कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली आज फ्रान्स जाँदै


एबीसी न्यूज
२९ जेष्ठ २०७६, बुधबार   २ : ०४   बजे

 

 

काठमाडौं, २९ जेठ । संयुक्त अधिराज्यको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतका विभिन्न कार्यक्रममा सहभागी भएर आज दिउँसो मित्र राष्ट्र फ्रान्सको औपचारिक भ्रमणमा जाँदै हुुनुहुन्छ । प्रधानमन्त्री ओली फ्रान्सका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो लण्डनबाट रेल चढेर फ्रान्सको राजधानी पेरिस पुग्ने कार्यक्रम रहेको बताइएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीसँग संयुक्त अधिराज्यका एशिया प्रशान्त मामिला हेर्ने राज्यमन्त्री मार्ट फिल्डले लण्डनस्थित नेपाली दूतावासमा आजै शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । यसैगरी प्रधानमन्त्री ओलीसँग बेलायतको इन्टरनेशनल मेरिटाइम अर्गनाइजेशनका महासचिव, विश्व ऊर्जा परिषद्का वरिष्ठ अधिकारी, एडिनबर्ग रोयल बोटानिकल गार्डेन र वनस्पति विभागका प्रमुखले आजै दिउँसो शिष्टाचार भेट गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री ओली आजै आफ्नो स्वागतमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले दूतावासमा आयोजना गर्ने समारोहमा पनि सहभागी हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साना हिमताल फुट्दा भोटेकोसीमा लेदोसहित पानीको बहाव बढेको सरकारको भनाइ

मधेशमा ७६ लेखा कर्मचारीको एकैपटक सरुवा, २३ अधिकृतसहित ४३ लेखापाल र १० सहलेखापाल फेरिए

सम्बन्धित

नीति आयोगमा उपाध्यक्ष र दुई सदस्य नियुक्त, बाढी प्रभावितका लागि २ करोड सहयोग

सम्पर्कविहीन १२ हजार मानिसको खोजीमा ‘सेतु’, १५ सयभन्दा बढीले भरे सहयोग फाराम

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड रुपैयाँको दैवी प्रकोप कोषमा सहयोग

लिपमोटर सी१० २०२६ मोडलको विशेष मूल्य ७५ लाख ९९ हजार

रसुवा बाढीले सवारी व्यवसायमा व्यापक क्षति, बीवाईडीका २०० गाडी बगे

म्याक्सस नेपालले बाढीपीडितका लागि ७० लाख सहयोग गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu