ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल आइपुगे चिनियाँ कम्युनिस्ट पार्टीका बिदेश बिभाग प्रमुख ताओ


एबीसी न्यूज
६ आश्विन २०७६, सोमबार   १ : ३५   बजे

काठमाडौं, ६ असोज । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख सोङ ताओको टोली नेपाल आइपुगेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणमा आज चिनिया टोली नेपाल आइपुगेको हो ।

चिनियाँ टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपाका स्कुल विभाग उपप्रमुख डा. बेदुराम भुषाल र विदेश विभाग उपप्रमुख विष्णु रिजालले स्वागत गर्नुभयो।

ताओ भ्रमणको क्रममा दुई कम्युनिस्ट पार्टीबीच कम्युनिस्ट अनुशासन, समाज रुपान्तरण र विकास तथा समृृद्धिका एजेण्डामा आज र भोलि काठमाडौँमा अन्तरक्रिया हुन लागेको छ । आज साँझ ५ बजेबाट सुरु हुने कार्यक्रमको संयोजन नेकपाको स्कूल विभागले संयोजन गरेको छ । कार्यक्रमका सहभागी पनि विभागले छनौट गरेको छ ।

अन्तरक्रिया गोष्ठीमा चिनियाँ कम्युनिस्ट पार्टीको तर्फबाट विदेश विभाग, संगठन विभाग र स्कुल विभाग र विज्ञहरुले प्रशिक्षण दिनेछन् । कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको तर्फबाट करिव ४० जना सहभागि हुने छन् । नेपालको तर्फबाट करिब दुई सय नेता सहभागि हुनेछन् । नेकपाको तर्फबाट सचिवालय, स्थायी कमिटीका सबै सदस्य र नेकपाका सबै मन्त्रीसहित केही केन्द्रीय कमिटी सदस्य र केही बुद्धिजिविहरु कार्यक्रका सहभागी छन् ।

दुई दिने गोष्ठीमा चिनियाँ कम्युनिस्ट नेता तथा विज्ञहरुले चार शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यक्रमको अध्यक्षता स्कूल विभाग प्रमुख ईश्वर पोखरेलले गर्नुहुनेछ भने कार्यक्रमको सञ्चालन सोही विभागका उपप्रमुख देवेन्द्र पौडेलले गर्नुहुने कार्यक्रम तय भएको छ । अन्तरक्रिया कार्यक्रममा उद्घाटन मन्तव्य नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले राख्नुहुनेछ ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको तर्फबाट ‘कि नोट स्पीच’ र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख ताओले पनि ‘कि नोट स्पीच’ राख्ने कार्यक्रम रहेको छ । उद्घाटन सत्रपछि पहिलो सेसनमा ‘कम्प्लिटिङ द बिल्डिङ अफ मोडरेट्ली कम्फर्टेबल सोसाइटी’ शीर्षकमा चिनियाँ कम्युनिस्ट पार्टी स्कूलका काओ लीले आफ्नो प्रस्तुति राखेसँगै सोमबारको कार्यक्रम समापन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group