ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानमा खतराको तह बढदै, हाई अलर्टमा बस्न चेतावनी


एबीसी न्यूज
२५ आश्विन २०७६, शनिबार   ५ : ४३   बजे

जापान, , २५ असोज ।  प्राकृतिक प्रकोपको जोखिम सामाना गर्दै आईरहेको जापानमा शनिबारदेखि हागिबिस नामको सुपर-ताईफुन प्रवेश गरेको छ ।

ईतिहासकै शक्तिशाली मानिएको भारी वर्षा सहितको आंधी (ताइफुन)का कारण जनमानसमा त्रास समेत बढेको छ । जापानको मौसम विभागले सुपर-ताईफुन ‘हागीबिसका कारण हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै आपतकालिन चेतावनी जारी गरेको छ । मौसम विभागका अनुसार यो चेतावनी टोकियो सहित अन्य प्रान्तहरू चिवा, गुन्मा, सैतामा, कानागावा, यामानशी, नागानो र शिजुओकामा लागू हुनेछ । भारी वर्षा सहितको हावाहुरीले सम्भावित क्षेत्रहरुमा खतराको तह बढ्दै गएको छ । खतराको तह बढदै गएकोले सतर्कता अपनाउन आकस्मिक सुचना जारी गरेको छ ।

आईतबार सांझ सम्म रहने ताईफुनको प्रभाव शनिबार मध्यान्नबाट देखिन थालेको हो । २ दिन सम्म रहने भएकोले सम्भावित क्षेत्रहरुमा सिटी कार्यालयले मोबाईलमै सुरक्षित ठाउँको ठेगाना सहित पटक पटक आकस्मिक सुचना जारी गरेका छन् ।

अहिलेसम्म चिवा र सिजुओका प्रान्तमा ठूलो धनजनको समेत क्षेती भएको छ । हागिबिसका कारण कार पल्टिँदा चिबा प्रान्तमा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएकाे जापानको सरकारी टेलिभिजन एनएचकेले जनाएको छ । त्यस्तै १२ हजार घरहरुमा विद्युत आपूर्ति समेत बन्द भएको छ । ताईफुनकै कारण बिहानदेखि टोकियो महानगर क्षेत्रमा रेल सेवा र हवाई सेवा समेत ठप्प भएको छ । प्रदायक कम्पनीहरुले अधिकांश सेवा स्थगित गरेकाे सुचना जारी गरेका छन् । स्थानीय संचारमाध्यमका अनुसार अहिले सम्म १२ जनाको ज्यान गएको छ भने १ सय बढी घाईते भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group