ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिणी सुडानमा बाढीका कारण २ लाख मानिस विस्थापित


एबीसी न्यूज
२ कार्तिक २०७६, शनिबार   १२ : १६   बजे

सुडान,२ कात्तिक । दक्षिणी सुुडानमा आएको भिषण बाढीबाट कम्तीमा पनि २ लाख नागरिक विस्थापित हुनुपरेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । दक्षिणी सुडानका उत्तरपूर्वी क्षेत्रमा अकस्मात रुपमा आएकोे बाढीमा परी ती नागरिक विस्थापित हुनुपरेको बताइएको हो ।

नाइल नदीको किनारातिर रहेको बस्तीका नागरिक बढी प्रभावित भएको सुरक्षाअधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुमध्ये कतिपयलाई सुरक्षित स्थान खोजेर सारिएको छ भने अधिकांश आफै भागेर सो क्षेत्रमा पुगेका छन् ।त्यसैगरी सुरक्षित स्थानतर्फ भाग्नेमा अधिकांश सुडानबाट आएका शरणार्थीहरु रहेका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोगले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा सुडानी शरणार्थीहरुको शिविर नै बाढीको चपेटामा परेकोले उनीहरु त्यहाँबाट भाग्न बाध्य भएका बताइएको छ ।

उक्त विज्ञप्तिमा नदीको पानी बस्तीमा पसेको छ । बाटो घाटो विग्रिएको छ भने शरणार्थीहरुका छोराछोरी पढ्ने विद्यालय पनि पानीले भरिएको छ । बाढीले अन्य भौतिक संरचनाहरुका साथै खानेपानी, बिजुली, अस्पतालजस्ता आधारभूत सुविधाहरुको संरचनाहरु पनि भत्काइदिएको बताइएको छ । अस्पतालमा नै पानी पसेपछि नागरिकको स्वास्थ्य सुविधा अवरुद्ध भएको छ । जसका कारण घाइतेको उपचारको काम पनि हुन नसकेको बताइएको छ । इथियोपियाको सीमा क्षेत्रबाट आएको बाढीले यहाँका नदीहरुको सतह बढ्न पुगेको छ । मौसम विज्ञासम्बन्धी अधिकारीहरुले अकस्मातको पानीले धेरै क्षति पु¥याएको र अझै केही समय वर्षात नरोकिने बताएका छन् ।

यस देश सन् २०१३ देखि द्धन्द्धको चपेटामा परिरहेको छ । युद्धका कारण विस्थापित भएका सुडानका करिब ३ लाख शरणार्थी दक्षिणी सुडानमा बस्दै आएका छन् । त्यसैगरी यस देशमा जारी द्धन्द्धका कारण पनि करिब १५ लाख नागरिक आन्तरिक रुपमा विस्थापित भएर शरणार्थीको रुपमा जीवन व्यतित गरी आएका पनि राष्ट्रसंघीय शरणार्थी आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu