ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ताप्लेजुङमा चुनावी सरगर्मी


admin
१९ कार्तिक २०७४, आइतबार   २ : ४७   बजे

ताप्लेजुङ, १९ कात्तिक ।  आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै ताप्लेजुङमा चुनावी चहलपहल बढेको छ ।

जनमत आफ्नो पक्षमा पार्न विभिन्न पार्टीका उम्मेदवार कार्यकर्ताका साथ गाउँगाउँमा चुनावी आमसभामा व्यस्त छन् । सबै दलले प्रत्येक वडामा आमसभा गरी चुनावी प्रचारप्रसारमा लागेका हुन् । आमसभामा सर्वसाधारणलाई आकर्षण गर्न स्थानीय तथा राष्ट्रियस्तरका कलाकारलाई समेत उनीहरूले साथमा लिएका छन् ।

कार्यकर्ता पर्चा पम्प्लेट, तुल ब्यानर टाँस्न र बाँड्नमै ब्यस्त भएपछि घर तथा सार्वजानिकस्थल उम्मेदवारको तस्वीरसहितको पर्चा पम्प्लेटले रंगिएका छन् भने चोकचोकमा तुल ब्यानर राखिएका छन् ।

चोकचोकका चिया पसलमा कार्यकर्ताको भीडभाडसँगै राजनीतिक चर्चा बढेको छ
। राजनीतिक पार्टी र उम्मेदवारका विषयमा नागरिकस्तरमा समेत कसले हार्ने वा जित्ने भन्ने विषयमा विश्लेषणसहित छलफल भइरहेको पाइन्छ ।

यसैबीच काठमाडौँमा बसोबास गर्दै आएका ताप्लेजुङवासी पनि निर्वाचनको प्रचारप्रसारका लागि केही दिनअघिदेखि घर फर्की आ–आफ्ना नेताको पछि लागेका छन् ।

प्रतिनिधिसभाका लागि एक र प्रदेशका लागि दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा आठ राजनीतिक दलका २३ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् तर मुख्य प्रतिस्पर्धा काँग्रेस र वाम गठबन्धनबीच हुने देखिएको छ ।

प्रतिनिधिसभामा एमाले सचिव योगेश भट्टराई, नेपाली काँग्रेसका केशवप्रसाद दाहाल, नयाँ शक्तिका चन्द्र सावा, संघीय लिम्बूवान मञ्चका विष्णु याक्सो, राष्ट्रिय जनमुक्तिका आइतराज माबोहाङ, राप्रपा राष्ट्रवादीका डिल्ली विष्ट, संघीय समाजवादी फोरमका कुमार साम्यू र मङ्गोल नेशनल अर्गनाइजेसनका छवीन्द्र गुरुङ प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रतिनिधिसभामा एमाले सचिव योगेश भट्टराई र काँग्रेस पूर्वजिल्ला सभापति केशवप्रसाद दाहालबीचको प्रतिस्पर्धा भने रोचक छ । भट्टराई विसं २०६४ र २०७० को संविधानसभा चुनावमा काठमाडौँबाट पराजित भएपछि ताप्लेजुङ आउनु भएको हो भने दाहाल असारमा भएको स्थानीय तहको चुनावमा फुङलिङ नगरपालिकाको प्रमुखमा पराजित हुनुभएको थियो ।

यसैबीच प्रदेशसभा (क) मा काँग्रेसका लीलादेवी बोखिम (लिम्बू), एमालेका बलबहादुर साम्सोहाङ, संघीय लिम्बूवान मञ्चका डिबी खुदाङ, राष्ट्रिय जनमुक्तिका बलबहादुर लिम्बू, राप्रपा राष्ट्रवादीका गायत्री थेवे, नयाँ शक्तिका मानबहादुर गुरुङ र संघीय समाजवादी फोरमका भक्तबहादुर एङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ ।

यता प्रदेशसभा (ख) मा सात जनाबीच प्रतिस्पर्धा हुनेभएको छ ।नेकपा(माओवादी केन्द्र)का टंक आङ्बुहाङ, काँग्रेसबाट दीपेन्द्रकुमार सेन्दाङ, संघीय लिम्बूवान मञ्चका मुक्साम लाबुङ, राष्ट्रिय जनमुक्तिका यामकुमार आङ्बुहाङ, राप्रपा राष्ट्रवादीका सपना सामेखाम, नयाँ शक्तिका विशाल लिम्बू र संघीय समाजवादी फोरमका सुखवीर लिम्बू प्रतिस्पर्धी बन्नुभएको छ । साना दलका उम्मेदवार पनि चुनाव प्रचारप्रसारमै व्यस्त छन् ।

कूल ७८ हजार ३९७ मतदाता रहेको यस जिल्लामा ७३ मतदानस्थल र
११४ मतदान केन्द्र निर्धारण गरिएको छ । जसअन्तर्गत (क) मा ६१ र (ख) मा ५३ वटा मतदान केन्द्र छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group