ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इराकमा सरकार विरोधी प्रदर्शन : ३० को मृत्यु, २३ सय घाइते


admin
९ कार्तिक २०७६, शनिबार   २ : २६   बजे

इराक, ९ कात्तिक। सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा शुक्रबार कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

देशका विभिन्न सहरमा भएको प्रदर्शनमा भएका झडपमा परी अरु २३ सय भन्दा बढी घाइते भएका छन् । प्रदर्शनमा हजारौँ सहभागी भएका थिए । सरकारविरुद्ध नारावाजी गर्दै आन्दोलनकारीहरुले विहानैदेखि प्रदर्शन गरेका थिए । उनीहरुले लगातार निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । देशको मुख्य प्रशासनिक कार्यालयहरु रहेको तहरिर स्क्वायरलगायतका क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ ।

दक्षिणी र मध्य क्षेत्रका प्रदेशहरुमा भने प्रदर्शनकारीहरुले शुक्रबार निषेधित क्षेत्रमा प्रवेश गरेर प्रदर्शन गरेका थिए । धि क्वार, बास्रा, मायसान, डिवानीया, मुथान्न, कार्बाला, वासित र नाजाफलगायतका ठाउँमा प्रदर्शन भएको अधिकारीहरुले जनाएका छन् ।उनीहरुले अहिलेको अवस्थामा परिवर्तन हुनु पर्ने, भ्रष्टाचार नियन्त्रण गर्नु पर्ने, रोजगारी सृजना गर्नुपर्ने माग गरेका छन् ।झडपमा परी मृत्यु भएका ३० जना मध्ये केही सुरक्षाकर्मी पनि रहेको जनाइएको छ । उनीहरु मध्ये ८ जनाको बग्दादमै मृत्यु भएको हो ।

त्यसैगरी मायसान र धि क्वारमा नौ नौ जनाको र बार्सा र मुथन्नामा चार चार जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । मृत्यु भएका र घाइते भएकाहरु अधिकांशलाई गोली लागेको, अश्रुग्यासको असर परेको र रबरका गोली लागेको पाइएको छ । इराकमा यसै महिनाको शुरुमा जारी रहेको सरकार विरोधी आन्दोलनमा १ सय ५७ जना व्यक्तिको मृत्यु भइसकेको थियो । बेरोजगारी र भ्रष्टाचार बृद्धिको विरोघ गर्दै जनआन्दोलन शुरु भएको थियो । प्रदर्शनकारीहरुको आवासिय भवनको प्रवन्ध हुनु पर्ने पनि माग रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group