ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोटी बस दुर्घटना : मृतकको सनाखत, घाईतेको परिचय खुल्यो


एबीसी न्यूज
१६ कार्तिक २०७६, शनिबार   १० : २०   बजे

 

डोटी, १६ कार्तिक । आज बिहान डोटीमा भएको बस दुर्घटनाका मृतकको सनाखत भएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाईते भएका बाजुराको बाह्रबिसका ५१ वर्षीय नयाँ सेरेलाको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरिक्षक मोहन धामीले गम्भीर घाईते सेरेलाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार घाईते ३३ जनाको पनि परिचय खुलेको छ । घाईते हुनेमा महोत्तरीको वर्दिवासका २८ वर्षीय महेश कोईराला, दाङका ४५ वर्षीय राजकुमार केसी, डोटीको सलेनाका ३० वर्षीय रेश्मा लुहार, डोटी बोगटानका २८ वर्षीय दुर्गासिंह विडारी, जोरायलका २८ वर्षीय कृष्ण बोहोरा, डोटीको सलेनाका २७ वर्षीय रामबहादुर विक, सलेनाकै २२ वर्षीया कल्पना विक, बोगटानकी बाटु नेपाली, डोटीकै ३७ वर्षीया मैना तिरुवा, कैलालीको अत्तरियाका ३१ वर्षीय छत्र बोहोरा, सडकपुर बौनियाका २० वर्षीय सज्जन चौधरी, मसुरियाका २० वर्षीय टेकबहादुर विक, मसुरियाकै राजन बोहोरा, २३ वर्षीया पार्वती चौधरी, घाईते रहेका छन् ।

यस्तै अछामका ३६ वर्षीय भीम बुढा, अछामकै ३१ वर्षीय यज्ञ स्वार, आकाश कुँवर, २७ वर्षीया ईश्वरी सिंह, बाजुराकी ३३ वर्षीया गंगादेवी थापा, बाजुराकै २४ वर्षीया २४ वर्षीया धानादेवी विक, २६ वर्षीया कल्पना कुँवर, दार्चुलाका १९ वर्षीय सागर पार्की, २१ वर्षीय कृष्ण बहादुर बम, प्रेम बहादुर कुँवर, कञ्चनपुरका २८ वर्षीय अलेक्स लिम्बु, बर्दियाका २३ वर्षीय उज्जवल देवकोटा, २३ वर्षीय दिल बहादुर सिंह, खोटाङका त्रिविक्रम भट्टराई पनि दुर्घटना परी घाईते भएको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा परी घाईते भएका २८ वर्षीय लाल टमटा, ३८ वर्षीय मदन बहादुर जेठारा, ५८ वर्षीय चित्र बहादुर न्यौपाने, सावित्री खड्का, २८ वर्षीय लाल बहादुर साउदको ठेगना खुल्न नसकेको डोटीका ट्राफिक प्रहरी इन्चार्ज धामीले जानकारी दिनुभयो । घाईतेहरुको डोटीको सुजङ अस्पताल, शैलेश्वरी अस्पताल, जिल्ला अस्पताल र प्रहरी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

घाईते मध्ये चारजनाको अवस्था गम्भीर रहेकाले अन्यत्र रेफर गर्ने तयारी भईरहेको प्रहरीले जनाएको छ। महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ नम्वरको बस आज बिहान डोटीको शिखर नगरपालिका वडा नम्वर १ भागेश्वर मन्दिर नजिक गौरीपानीमा दुर्घटना भएको थियो । दुर्घटनापछि बस चालक लोकेन्द्र बडेलाक फरार रहेका छन् । बस सडकबाट ३० मिटर तल खसेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group