ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने– उपप्रधानमन्त्री पोखरेल


admin
१६ कार्तिक २०७६, शनिबार   ४ : ०५   बजे

काठमाडौं, १६ कात्तिक । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताउनुभएको छ । धुम्बाराहीमा धन्वन्तरी पार्कको आज उद्घाटन गर्दै उहाँले अहिले अतिक्रमण गरिएका सार्वजनिक जग्गामा बगैँचा, खुला ठाउँ र मनोरञ्जन स्थल बनाइने बताउनुभयो ।

उहाँले सार्वजनिक सम्पत्ति जनताको भएकाले संरक्षणमा जनता जुट्नुपर्नेसमेत बताउनुभयो । “स्थानीय तह र जनता मिलेर अतिक्रमण गरिएका जग्गा खोज्नुपर्दछ”, उहाँले भन्नुभयो, “जनता सक्रिय भएमात्र सम्पत्तिको संरक्षण हुन्छ ।” यसैगरी प्रदेश नं ३ का प्रदेशसभा सदस्य नारायण सिलवालले सार्वजनिक जग्गामा पार्क निर्माण गरेर संरक्षण गर्ने भन्दै धन्वन्तरी पार्क यसैको शुरुआत भएको बताउनुभयो ।

उहाँले प्रदेश सरकारले पार्कको स्तरोन्नतिमा सहयोग गर्ने उल्लेख गर्नुभयो । सङ्घीय संरचनामा जाँदा विकासका काममा केही ढिलाइ भएको भन्दै उहाँले अहिले विकासका कामले गति लिएको बताउनुभयो । उक्त पार्क प्रदेश सरकारको बजेट र धुम्बाराही धन्वन्तरी क्लबको करीब रु १२ लाख ५० हजारमा निर्माण गरिएको वडा नं ४ का वडाध्यक्ष मोहन विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu