ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संरक्षण गरिएका गिद्ध प्रकृतिमा छाडिदै


admin
२० कार्तिक २०७४, सोमबार   १२ : १५   बजे

चितवन, २० कात्तिक ।  गत वैशाख २ गते चितवन राष्ट्रिय निकुञ्जबाट नवलपरासीको जटायु रेस्टुराँमा लगेर प्रकृतिमा छोड्नका लागि खोरमा राखिएका छ वटा गिद्धलाई यही कात्तिक २३ गते प्रकृतिमा छाडिने भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार, वन विभागका सचिव डा युवकध्वज जिसी, निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्कालगायतको उपस्थितिमा गिद्ध छाडिनेछ । छाड्नुअघि ती गिद्धको अवस्था र स्वास्थ्यको बारेमा अनुसन्धानका लागि नेपाल पक्षी संरक्षण संघ र निकुञ्ज विभागका प्राविधिकले गत एक सातादेखि काम गरिरहेका छन् ।

नेपाल पक्षी संरक्षण संघ गिद्ध संरक्षण कार्यक्रमका अधिकृत कृष्ण भुषालका अनुसार खोरमा राखिएका सबै गिद्धको स्वास्थ्य अवस्था परीक्षण गरिएको छ । सबैको स्वास्थ्य राम्रो रहेको र लगाइएका ‘सेटलाइट ट्याग’ ठीक अवस्थामा रहेको उहाँले बताउनुभयो ।

जटायु रेष्टुटाँमा प्रकृतिमा रहेका छवटा गिद्धलाई समाएर सेटलाइट ट्याग लगाएर छाडिएका थिए । तीनको आनीबानी नियमित रुपमा अनुगमन भइरहेको छ । भुषालका अनुसार ती गिद्ध पश्चिम नेपालको बाँके क्षेत्रसम्म पुगेको देखिएको छ । नवलपरासीको जटायु रेस्टुराँबाट दुई सय किलोमिटर पश्चिमसम्म पुगेका गिद्ध पुनः फर्किएर रेस्टुराँमै आएको उहाँले बताउनुभयो ।
प्रकृतिमा छाडिएका र छोड्नु पूर्व खोरमा राखिएका गिद्धलाई सँगै खाना खुवाइँदै आएको छ । जालीभित्र र बाहिर एकै ठाउँमा खाना र पानीको व्यवस्था जटायु रेस्टुराँमा गरिएको छ ।

उनीहरुलेसँगै खाँदै आएकाले जालीभित्रका गिद्ध पनि बाहिरका गिद्धसँग घुलमिल भएको अनुमान गरिएको छ । तिनीहरुलाई छाडिएसँगै चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा रहेका पाँचवटा गिद्धलाई पुनः सोही खोरमा लगेर राख्ने कार्यक्रम रहेको छ । हाल खोरमा ५७ वटा गिद्ध रहेका छन् ।
अति संकटापन्न अवस्थामा रहेको डंङ्गुर जातको गिद्धको संख्या बढाउनका लागि दाताको सहयोगमा सरकारले विभिन्न कार्यक्रम गर्दै आएको छ । सन् २००८ बाट कसरामा संरक्षण गरी गिद्ध हुर्काउन थालिएको हो । सरकारले सन् २०१६ बाट सन् २०१९ सम्ममा १९ वटा संरक्षण गरी राखिएका गिद्धलाई प्रकृतिमा छाड्ने योजना बनाएको थियो ।

सन् २०१६ मा छाड्ने भनिएको ६ वटा गिद्ध गत वैशाखमा जटायु रेस्टुराँमा छाड्नका लागि खोरमा लगेर राखिएको थियो । सन् २०१७ मा पाँचवटा, सन् २०१८ र २०१९ मा चार÷चारवटा गरी १९ वटा गिद्ध छाड्न लागिएको हो । विगत १० वर्षमा नेपालमा ९१ प्रतिशत र भारतमा ९९ दशमलव ९ प्रतिशत गिद्ध मासिएपछि यी दुईसँगै अन्य देशले पनि संरक्षण थालिएको हो ।
मुख्य रुपमा पशु बिरामी पर्दा नदुख्नका लागि प्रयोग गरिने डाइक्लोफिनाक नामक औषधि प्रयोग गरेपछि मरेको पशुको मासु खाँदा गिद्ध मर्ने प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो ।

सन् २००४ मा पाकिस्तानमा डाइक्लोफिनाक औषधि प्रयोग गरेका पशुको मासु खाएका कारण गिद्ध मरेको तथ्य पत्ता लागेको थियो ।
त्यस्ता मासु खाँदा गिद्धको मिर्गाैलामा खराबी हुने र गिद्ध मर्ने गरेको उहाँले बताउनुभयो । त्यसपछि डाइक्लोफिनाक औषधि नेपाल सरकारले २००७ मा नै प्रतिबन्ध लगाएको छ । नवलपरासीको पिठौलीमा सन् २००६ मा पहिलोपटक जटायु रेस्टुराँ सञ्चालनमा ल्याइएको हो ।

हाल देशभरमा सात ठाउँमा यस्ता रेस्टुराँ शुरु गरिएको छ । जटायु रेस्टुरा गिद्ध संरक्षण केन्द्र हो । जसले बुढाखाडा र उत्पादन दिन छाडेका पशु चौपाय किनेर राख्ने गर्दछ । जटायु रेस्टुराँ व्यवस्थापन समितिका संयोजक डिबी चौधरीका अनुसार उत्पादन दिन छोडेर बुढो भएका एउटा पशुको रु २५० मा रेस्टुराँले किन्ने गर्दछ । ती पशु मरेपछि गिद्धलाई खुवाइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu