ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापामा महिला उम्मेदवार ६ जना


admin
२० कार्तिक २०७४, सोमबार   १ : ३६   बजे

भद्रपुर, २० कात्तिक ।  अगामी मसिर २१ गते हुने दोस्रो चरणअन्तर्गतको प्रतिनिधि सभा र प्रदेश सभाका लागि झापामा १४१ उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् ।

प्रतिनिधि सभातर्फ ५७ जना र प्रदेश सभातर्फ ८४ जना उम्मेदवार चुनावमा होमिएका छन् । प्रतिनिधि सभातर्फ दुईजना तथा प्रदेश सभातर्फ चारजना महिला उम्मेदवार रहेका छन् । प्रतिनिधि सभातर्फ सात तथा प्रदेश सभातर्फ छजना स्वतन्त्र उम्मेदवार प्रचार प्रसारमा जुटेका छन् ।

प्रतिनिधि सभातर्फ क्षेत्र नं २ मा नेकपा (एमाले)की पवित्रा निरौला (खरेल) र क्षेत्र नं ३ मा नेपाल जनता पार्टीका सुजाता ओली उम्मेदवार रहनुभएको छ । प्रदेश सभातर्फ क्षेत्र नं १ ‘ख’ मा राष्ट्रिय जनता पार्टीका रमा मेचे, क्षेत्र नं २ ‘क’ मा राष्ट्रिय जनता पार्टीका निर्मला एक्तेन, क्षेत्र नं ३ ‘ख’ मा मंगोल नेशनल अर्गनाइजेशनका सत्यकला नेम्वाङ तथा क्षेत्र नं ५ ‘क’ मा स्वतन्त्र उम्मेदवार जम्मावती तिमल्सिना उम्मेदवार रहेका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार प्रनिनिधि सभातर्फ क्षेत्र नं ३ मा वीरेन्द्र सापकोटा, क्षेत्र नं ४ मा एज्ञबहादुर खड्का, डिल्लीप्रसाद कँट्टेल र पर्शुराम काफ्ले तथा क्षेत्र नं ५ मा इन्द्रप्रसाद न्यौपाने, प्रेमबहादुर खड्का र इन्द्रराज अधिकारी रहेका छन् ।

प्रदेश सभातर्फ स्वतन्त्र उम्मेदवार क्षेत्र नं ४ ‘ख’ मा दिनानाथ सापकोटा र धनकुमार बुढाथोकी, क्षेत्र नं ५ ‘क’ मा हरिप्रसाद अधिकारी, जम्मावती तिमल्सिना र खड्गप्रसाद शिवाकोटी तथा ‘ख’ मा डम्बरबहादुर गुरुङ रहेका प्रमुख निर्वाचन अधिकृत खिलानाथ रेग्मीले जानकारी दिनुभयो ।

प्रनिनिधि सभातर्फ क्षेत्र नं १ मा सात जना, २ मा ११ जना, ३ मा १२ जना, ४ मा १३ जना तथा क्षेत्र नं ५ मा १४ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेश सभातर्फ क्षेत्र नं १ को क र ख मा आठ÷आठजना, क्षेत्र नं ३ को क र ख मा सात÷सातजना, क्षेत्र नं ४ को ‘क’ मा छ जना र ‘ख’ मा ११ जना तथा क्षेत्र नं ५ को ‘क’ मा १२ तथा ‘ख’ मा नौजना उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीले बगाएको टिमुरे–केरुङ सडक चीनले पुनः सञ्चालनमा ल्यायो

प्रधानमन्त्री बालेन्द्र शाहले आज संसद्मा सम्बोधन गर्ने

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu