ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीमानलाई मारेर भान्छामा गाडि, त्यहीँमाथि चुलो बनाइन् खाना पकाएर खाने यस्तो महिला


एबीसी न्यूज
८ मंसिर २०७६, आइतबार   १ : ४२   बजे


एजेन्सी । एक महिलाले आफ्ना श्रीमानलाई मारेर भान्छामा गाडिन् । यतिमात्र होइन जहाँ श्रीमानको चिहान बनाइन त्यहीँ माथि चुलो बनाएर एक महिनासम्म खाना बनाइरहिन् । यो सनसनीपूर्ण घटना भारतको मध्य प्रदेशको अनुपपुर जिल्लाको भएको आज तकको समाचारमा उल्लेख छ । ३२ वर्षकी प्रमिला नामकी ती महिलाले आफ्ना वकिल पति महेश बैनेवालको हत्या गरेकी हुन् ।

बिहीबार अनुपपुर पुलिसले उनलाई आफ्ना पतिको ह’त्या गरेको आरोपमा पक्राउ गरेको छ । महेश एक महिनादेखि बेपत्ता भएको भन्दै पुलिसले खोजी गरिरहेको थियो । २२ अक्टोबरमा प्रमिलाले पति बेपत्ता भएको भन्दै पुलिसमा रिपोर्ट लेखाएकी थिइन् । पुलिसले बेपत्ता भएकै आधारमा अनुसन्धान अगाडि बढाएको थियो तर २१ नोभेम्बरमा यो घ’टनामा ट्वीस्ट आयो । मृतकका दाजु अर्जुन बैनेवालले पुलिसलाई आफ्नो भाइको घरमा केही संदिग्ध भएको बताए ।

अर्जुनका अनुसार उनी कैयौं पटक भाइको घर गए तर उनकी पत्नीले हरेक पटक उनलाई केही न केही बहाना बनाएर टारिन् । त्यसपछि पुलिस एसएचओ भानु प्रताप सिंह आफ्नो टिमका साथ उनको घरमा जाँदा उनीहरुलाई पनि केही दु’र्गन्ध महसुस भयो । जब उनीहरु किचनको नजिक गए दुर्गन्ध झनै बढ्यो । किचनमा दुर्गन्ध आएको ठाउँमा खनेर हेर्दा त्यहाँ मृतकको शव भेटियो ।

शव भेटिएपछि सोधपुछमा मृतककी पत्नी प्रमिलाले आफ्ना पतिको दाजु गंगालाल बैनेवालकी पत्नीसँग अवैध सम्बन्ध भएको बताइन् । यो थाहा पाएपछि प्रमिला र गंगारामले मिलेर उनलाई मार्ने योजना बनाए । प्रमिलाको यो बयानपछि गंगारामले भने आफू हत्याको योजनामा सहभागी नभएको दावी गरेका छन् । पुलिसले यो घ’टनामा थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu