ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अल्बानियामा भूकम्प पीडितको उद्धार जारी, ३५ जनाको मृत्यु


admin
१२ मंसिर २०७६, बिहिबार   २ : ३२   बजे

तिराना, १२ मङ्सिर । पूर्वी युरोपेली बाल्कन क्षेत्रको मुलुक अल्बानियामा मङ्गलबार बिहान गएको शक्तिशाली भूकम्पबाट ठूलो जनधनको क्षति भएको उद्धारकर्मीहरुले बताएका छन् । अल्बानियाको रक्षा मन्त्रालयले बुधबारसम्म भूकम्पका कारण ३५ जनाको मृत्यु भइसकेको जनाएको छ । अझै पनि हराइरहेका व्यक्तिको खोज तथा उद्धारको कार्य जारी रहेको छ । मङ्गलबार बिहान अल्बानियालाई केन्द्र बनाएर ६।३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पबाट ठूलो संख्यामा घरहरु ढलेका र भग्नावशेषमा मानिसहरु पुरिएका थिए ।

अल्बानियाका रक्षामन्त्री ओल्टा झाखाले बुधबार अपराह्न पत्रकार सम्मेलन गरी यस शक्तिशाली भूकम्पबाट मृत्यु भएका व्यक्तिको नाम पढेर सुनाउनुभएको थियो । उहाँले भूकम्पका कारण ६५७ जना घाइते भएका र ५० जनाभन्दा बढीलाई उद्धार गरिएको र उद्धार कार्य जारी रहेको पनि जानकारी दिनुभयो ।रक्षामन्त्री झाखाले निकै क्षतिग्रस्तको निरीक्षण गर्न प्राविधिक खटाइने बताउँदै केही दिन शान्त रहन अपिल गर्नुभयो ।अल्बानियामा खोज तथा उद्धारका लागि इटाली र टर्कीका पनि उद्धारकर्मी परिचालन गरिएको छ । अल्बानियाली उद्धार निकायले आफ्ना उद्धारकर्मीहरु चौबिसै घण्टा काममा जुटेको बताएको छ ।

अल्बानिया सरकारले बुधबार तिराना र डुरेसमा आपतकालीन स्थितिको घोषणा गरेको छ । यी दुई क्षेत्र भूकम्पका कारण सर्वाधिक प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu