ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लण्डन ब्रिजमा आतंककारी आक्रमण, २ जनाको मृत्यु,


एबीसी न्यूज
१४ मंसिर २०७६, शनिबार   ८ : ३०   बजे


काठमाडौं, १४ मंसिर ।  बेलायतको लण्डन ब्रिजमा भएको आतंकवादी आक्रमणमा दुईजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

लण्डन ब्रिजमा एक व्यक्तिले अन्धाधुन्ध रुपमा मानिसहरुमाथि चक्कु प्रहार गरेका हुन् ।चक्कु आक्रमणबाट गम्भीर घाइते भएका तीनजना मध्ये दुईजनाको स्थानीय अस्पतालमा उपचारको क्रममा ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ । अर्का एक घाइतेको उपचार भइरहेको छ । आक्रमणकारीको पनि मृत्यु भएको छ । आरोपित आक्रमणकारीको प्रहरीको गोली लागेर मृत्यु भएको हो । प्रहरीले आक्रमणकालाई आतंककारी घटना भनेको छ । आतंककारी गतिविधिमा संलग्न भएको अभियोगमा जेल सजाय काटेका व्यक्तिले लण्डन ब्रिजमा आक्रमण गरेका हुन् । आक्रमणकारी इजाजतमै जेल बाहिर रहेको जनाइएको छ ।

लण्डन ब्रिजको उत्तरी भागमा रहेको फिसमोन्गेर्स हलमा क्रिमिनल जस्टिस सम्बन्धी कार्यक्रम भइरहेका बेला आक्रमण भएको हो । कार्यक्रममा क्याम्ब्रिज विश्वविद्यालयका विद्यार्थी तथा पूर्व कैदीको सहभागिता थियो । यो घटना स्थानीय समय अनुसार शुक्रबार अपराहन्न भएको हो । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले प्रहरीलाई अनुसन्धानमा सरकारले पूर्ण सहयोग गर्ने बताएका छन् । आक्रमणमा ज्यान गुमाएका तथा घाइते भएकाहरुप्रति प्रधानमन्त्री जोन्सनले श्रद्धाञ्जली, समावेदना तथा शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । दुई वर्षअघि लण्डन ब्रिज र नजिकै रहेको बजारमा भएको आतंककारी आक्रमणमा ८ जनाको ज्यान गएको थियो भने ४८ जना घाइते भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu