ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कतारले पठायो गल्फ राष्ट्रलाई शर्तको जवाफ


admin
२० असार २०७४, मंगलबार   ३ : ४२   बजे

कुवेत, २० असार । आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोपमा कतारमाथि लगाइएको नाकाबन्दी खोल्न उसले पूरा गर्नुपर्ने शर्तका बारेमा कतारले मङ्गलबार जवाफ पठाएको छ ।

कतारमाथिका ती आरोपसँगै गल्फका चारवटा देश साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए । ती चार देशले उसको नाकाबन्दी खोल्नका लागि भन्दै विभिन्न १३ बुँदे शर्त राखेका छन् ।

साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँग थप नयाँ शर्त राखेर ती पूरा गर्न चेतावनी दिइएकोमा कतारले पूरा नगरेपछि हिजोदेखि लागू हुनेगरी थप ४८ घन्टाको समय कतारलाई दिएको थियो ।

कतारले ती शर्तका सम्बन्धमा मङ्गलबार आफ्नो जवाफ कुवेतसमक्ष पठाएको समाचारमा जनाइएको छ ।

कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल्लाह रहिमले आज सो जवाफ लेखिएको हस्तलिखित पत्र कुवेतका विदेशमन्त्री शेख सबाह अल अहमद अल जाबेरलाई हस्तान्तरण गर्नुभएको छ ।

कतारका राजाले कुवेतका राजालाई पठाएको सो पत्र कतारी विदेशमन्त्रीले कुवेती विदेशमन्त्रीलाई हस्तान्तरण गर्नुभएको हो । कतारका राजाले लेखेको भनिएको सो हस्तलिखित पत्र कुवेतका राजालाई मङ्गलबारै हस्तान्तरण गरिएको पनि समाचारमा जनाइएको छ ।

कतारमाथि उनीहरुले नाकाबन्दी लगाएको करिब महिना दिनपछि यो प्रतिबन्धलाई हटाउनका लागि भन्दै केही प्रस्तावहरु अघि सारेका छन् । सोमबार सो शर्त पूरागर्ने समय सकिएपछि उनीहरुले ती प्रस्तावको स्वीकृतिका लागि भन्दै सोमबार उक्त चेतावनीको समय ४८ घन्टा थप गरेका थिए ।

यसअघिका शर्त आगामी ४८ घन्टाभित्र पूरा गर्ने भएमा मात्र कतारसँग वार्ता गरी शान्तिपूर्ण समाधान निकाल्ने बताएका उनीहरुले ती शर्त कतारले पूरा नगरेमा के गर्ने भन्ने बारेमा भने केही बताएका थिएनन् ।

कुवेतले सो कतार सङ्कटको समाधानका लागि मध्यस्थता गरिरहेको छ । त्यसैले कतारका राजाले कुवेतका राजालाई सो पत्र पठाएका र त्यसमा आफ्नो सरकारलाई लगाइएको नाकाबन्दी र त्यसको समाधानका लागि राखिएका पछिल्लो शर्तहरुको जवाफ पठाइएको छ ।

त्यसमा कतारले के जवाफ लेखेको छ भन्ने बारेमा भने अहिले नै केही बताइएको छैन । सम्भवत यो सङ्कट समाधानका लागि कतारले शर्तहरु मान्ने बारेमा सो पत्रमा लेखिएको अनुमान गरिएको छ ।

कतारमाथि नाकाबन्दी लगाउनुको साथै उसँगको कूटनीतिक सम्बन्ध तोडेका साउदी अरेबियासहितका देशले पछिल्लो समयमा कतारसँगको सम्बन्धको पुनस्र्थापनाका लागि भन्दै विभिन्न शर्त राखेका छन् ।

उनीहरुले राखेका शर्तहरुमध्येको एक कतारको टेलिभिजन अल जाजिरा बन्द गर्नुपर्ने छ । त्यसैगरी इरानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्नुपर्ने अर्को शर्त हो । दुई हप्ता अघि उनीहरुले राखेको यो शर्त पूरागर्न कतार भने अनिच्छुक रहँदै आएको छ ।

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार इजिप्टले कतारमा जारी सङ्कट समाधानको लागि गल्फ देशहरुका विदेशमन्त्रीहरुको बैठक बुधबारका लागि आह्वान गरेको छ । इजिप्टले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र बहराइनका विदेशमन्त्रीहरुसँग यस बारेमा छलफल गर्ने जनाएको हो ।

 

इजिप्टको राजधानी कायरोमा इजिप्टसहित चार देशका विदेशमन्त्रीहरुको बैठक बस्न लागेको छ । बैठकको आतिथ्यता इजिप्टले गर्ने भएको इजिप्टेली विदेशमन्त्रालयले जानकारी दिएको छ ।

इजिप्टको विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा सो बैठकमा कतार सङ्कटको वर्तमान अवस्था र यसको समाधानका बारेमा छलफल हुने जनाइएको छ । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय शिवान

नेपाल–साउदी सम्बन्ध थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण र संवादमा जोड

सम्बन्धित

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो

ट्रम्पको ‘होर्मुज नियन्त्रण’ दाबी, तर जहाजको आवतजावतले देखाउँछ इरानको प्रभाव कायमै

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सुनखानीमा पहिरो, १०७ जनाको मृत्यु

भारतमा सरकारी विद्यालय सुधारका लागि सीजेपीको ‘फिक्स द स्कुल्स’ अभियान

किभमा रुसी मिसाइल आक्रमण, पाँच जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu