ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेज आइटी पार्कजस्तो नहोस्– अर्थमन्त्री खतिवडा


admin
२१ मंसिर २०७६, शनिबार   ४ : ४४   बजे

 

काठमाडौं, २१ मंसिर । अर्थमन्त्री डा युवराज खतिवडाले पाँचखालमा निर्माणाधीन विशेष आर्थिक क्षेत्र सेज बनेपाको आइटी पार्क जस्तो प्रयोगविहीन नबनाउन आग्रह गर्नुभएको छ ।

उहाँले आज पाँचखाल नगरपालिका–८ मा निर्माणाधीन सेजको निरीक्षणका क्रममा स्थानीय जनप्रतिनिधिसँग निर्माण तथा प्रयोगमा तदारुकताका साथ लाग्न आग्रह गर्नुभएको हो । “बजेटको कमी हुँदैन, बजेट अभावले काम रोकिँदैन, हामीले उद्योग मन्त्रालयसँग यसबारे समन्वय गरिरहेका छौँ”, उहाँले भन्नुभयो । उहाँले भौतिक संरचना निर्माण भइसकेपछि कतिपयमा सरकारको ध्यान नजाने भएकाले आफूहरुलाई झकझकाउन आग्रह गर्नुभयो ।

मन्त्री खतिवडाले बनेपामा निर्माण भएको आइटी पार्क बिजोक अवस्थामा रहेकामा दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “बनेपाको आइटी पार्क बिजोक अवस्थामा छ, अर्बौं लगानी गरियो, अहिले प्रयोगविहीन अवस्थामा छ, यो निकै दुःखलाग्दो विषय हो ।” दुई सय ५७ रोपनीमा फैलिएको आइटी पार्कमा दुई ठूला प्रशासनिक भवन, चार सुविधासम्पन्न आवासीय भवन तथा अन्य आवश्यकीय गरी नौ भवन प्रयोगविहीन अवस्थामा छन् । मन्त्री खतिवडाले धुलिखेलदेखि चीनतर्फको सडक विस्तार गर्ने तयारी भइरहेको उल्लेख गर्दै सडक विस्तारपछि पाँचखालको भविष्य उच्च रहेको बताउनुभयो । “सेजभित्र व्यवसाय गर्न सुरक्षित वातावरण आवश्यक पर्ने भएकाले विशेषगरी स्थानीय जनप्रतिनिधिले सुरक्षामा ध्यान दिनुपर्दछ”, उहाँले भन्नुभयो । स्थानीय उद्योगी व्यवसायीसँग छलफल गरी सेज सञ्चालन गरिने उहाँले बताउनुभयो ।

मन्त्री खतिवडाले सरकार एक्लैले सेज सञ्चालन गर्न नसक्ने भएकाले स्थानीय सरोकारवालाले व्यवसायी खोज्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राजमार्गदेखि सेजसम्म जाने सडक सरकारले बनाई दिनसक्छ, यसका लागि प्रदेश सरकारसँग समन्वय गर्नेछौँ ।” उक्त अवसरमा उहाँले निर्माण कम्पनीलाई समयसीमाभित्र सम्झौता अनुसारको भवन बनाउन निर्देशनसमेत दिनुभयो । चालू आवमा रु १२ करोडमा सेज आयोजनाको मुख्य भवन तथा रु तीन करोडमा पर्खाल निर्माण भइरहेको छ । सेज निर्माणका लागि नपाको वडा नं ७ र ८ स्थित पाँँडुला देवीस्थान सामुदायिक वन र शिखरपुर सामुदायिक वन गरी करिब एक हजार रोपनी जग्गामा सेजका संरचना निर्माण थालिएको ८ नंका वडाध्यक्ष पुष्कर ढकालले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group