ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हाम्रो ध्यान सामुदायिक विद्यालयको शिक्षा सुधारमा छ – अध्यक्ष ‘प्रचण्ड’


admin
२२ मंसिर २०७६, आइतबार   ७ : ५९   बजे

 

काठमाडौं, २२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक विद्यालयको गुणस्तर सुधार गरेर वैज्ञानिक र गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ । श्रीकृष्ण मावि दहचोकको नवनिर्मित विद्यालय भवनको आज उद्घाटन गर्दै उहाँले सरकार र पार्टीको ध्यान सामुदायिक विद्यालयको पूर्वाधार र शैक्षिक गुणस्तरको अभिवृद्धि गर्नेतर्फ केन्द्रित रहेको स्पष्ट गर्नुभयो ।

राज्यले प्राथमिकताका आधारमा शिक्षा क्षेत्रमा २० प्रतिशतसम्म लगानी गरेर देशभित्रै स्वरोजगार एवं दक्ष जनशक्ति उत्पादन गर्ने खालको शिक्षा उपलब्ध गराउन लाग्नुपर्नेमा उहाँको जोड थियो । उहाँले भन्नुभयो, “बेरोजगार उत्पादन गर्ने शिक्षाभन्दा स्वरोजगारमुखी प्राविधिक जनशक्ति उत्पादन गर्ने शिक्षा प्रदान गर्नेतर्फ हामी सबै लाग्नुपर्छ ।”

उहाँले आफूहरुको घोषणापत्रमा नै प्रविधिमैत्री शिक्षा बनाउने उल्लेख गरिएको स्मरण गर्दै राष्ट्रिय शिक्षा नीतिलाई अन्तिम रुप दिने क्रममा रहेको जानकारी दिनुभयो । शिक्षा क्षेत्रको सुधार नगरेसम्म समृद्धि र विकासको सपना पूरा हुन नसक्ने उहाँको भनाइ थियो । व्यावसायिक शिक्षा निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले शिक्षामा निजी क्षेत्रलाई निषेध गरेर नहुने बताउनुभयो । निजी क्षेत्रलाई पनि निषेध गर्न खोजेर, राज्यले दमन गरेर नियन्त्रण गर्ने होइन, सामुदायिक विद्यालयलाई राम्रो गरिदिएपछि स्वतः निजी र सार्वजनिकको सन्तुलन मिल्ने उहाँको भनाइ थियो ।

त्यसैगरी श्री नारायणजन माध्यमिक विद्यालय, मच्छेगाउँको पनि आजै अध्यक्ष दाहालले भवन हस्तान्तरण तथा समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वैज्ञानिक शिक्षाका लागि सरकारले विशेष जोड दिएको बताउनुभयो । उहाँले आफूहरुले जनताको जीवनमा सकारात्मक सन्देश दिने र रोजगारमूलक शिक्षाका लागि प्रयासरत रहेको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले समाज र राष्ट्रका लागि योगदान दिनसक्ने क्षेत्र भनेको शिक्षा भएकाले यसमा थप लगानी जरुरी रहेकाले सरकार त्यसतर्फ क्रियाशील रहेको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले वैज्ञानिक र व्यावहारिक शिक्षाका लागि सरकारले प्रयास गरिरहेको बताउनुभयो । शिक्षा क्षेत्रमा उल्लेख्य लगानी बढेमात्रै सकारात्मक नतिजा प्राप्त हुने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group