ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपसभामुखले राजिनामा दिदैँ, को होला सभामुख सुभास वा अग्नी ?


admin
२५ मंसिर २०७६, बुधबार   ७ : ४६   बजे

काठमाडौं,  २५  मंसिर । आफुलाई सभामुखको दावेदार मान्दै आएकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजिनामा गराइने भएको छ । यस अघि नै राजिनामा दिन आग्रह गरिएको भएपनि उनले संकट उत्पन्न हुने भन्दै राजिनामा दिन अस्वीकार गर्दै आएकी थिइन् ।

नेकपाका दुई अध्यक्षबीच सभामुखको नाममा सहमति जुटेपछि उपसभामुख शिवमायालाई मंसिरभित्रै राजीनामा गराउने तयारी भइरहेको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सो कुराको पुष्टि गरेका छन् । सभामुख र उपसभामुख दुई फरक दलबाट चयन हुने संवैधानिक व्यवस्थाका कारण सभामुख पद गुम्न नदिन नेकपाले उपसभामुलाई राजीनामा गराउने तयार गरेको हो।

तर, उपसभामुख तुम्बाहाङ्फेले भने महराको गल्तीमा आफूले पद छोड्नुपर्ने अवस्था अन्यायपूर्ण हुने बताउँदै राजिनामा नदिने बताएकी थिइन् । यस अघि नै प्रधानमन्त्रीले बालुवाटारमा बोलाएर गरेको आग्रहलाई उनले इन्कार गरेकी थिइन् । उनले सभामुख पनि नभएको बेलामा आफुले पनि राजिनामा दिँदा संवैधानिक संकट उत्पन्न हुने तर्क राखेकी थिइन् । तुम्बाहाङ्फेलाई अन्य जिम्मेवारीमा लैजाने योजना नेकपाले बनाएको छ। यता उपसभामुखलाई राजिनामा गर्न लगाएर सभामुखको टुंगो लगाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले आन्तरिक छलफल तीव्र पारेको छ।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाबीच सभामुख पदका लागि प्रतिस्पर्धा देखिएको छ। सुवासलाई प्रधानमन्त्री ओलीले सभामुख बनाउन चाहन्छन् भने अग्नीका पक्षमा प्रचण्ड छन् । यद्यपि, यसपटक सभामुखमा सापकोटाकै सम्भावना बढी भएको नेकपा नेताहले बताएका छन्।

पुस ४ मा सुरु हुने संसदको हिउँदे अधिवेसनको पहिलो बिजनेस सभामुख चयन राखिएको छ। मंसिर २७ मा बस्ने सचिवालय बैठकले सभामुखका विषयमा निर्णय गर्ने नेकपा स्रोतले बताएको छ । ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने सापकोटाको नाममा र त्यसो हुन नसके नेम्वाङको नाममा सहमति जुटाउने प्रयास गरिरहेका छन्। यसअघि पूर्वसभामुख ओनसरी घर्ती, देव गुरुङ, पम्फा भुसाल र उपसभामुख शिवमाया तुम्बाहाङ्फेलगायतको नाम पनि चर्चामा थियो।

नेकपाले कांग्रेस बाहेकको दललाई उपसभामुख दिने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उपसभामुख आफूहरुले पाउनुपर्ने तर्क अगाडि सारेको छ । नेकपाले आफ्ना सहयोगी साना दललाई उपसभामुख दिने तयारी गरेको छ । नेकपाले राष्ट्रिय जनमोर्चालाई उपसभामुख दिने तयारी गरेको हो । उपनिर्वाचनमा नेकपा र राजमोबीच गठबन्धन भएकाले उपसभामुख राजमोलाई दिने नेकपाको तयारी छ । नेकपाबाट पुरुष सभामुख हुनेपछि अर्को दलले महिला उपसभामुख पाउनेछ । राजमोबाट उपसभामुखमा दुर्गा पौडेलको नाम चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu