ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जब मन्त्रि नेम्बाङ निजी गाडी आफै कुदाएर छड्के अनुगमनमा पुग्दा जे देखियो (फोटोफिचर)


admin
६ पुस २०७६, आइतबार   ६ : ००   बजे

काठमाडौं, ६ पुस ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले सडक मर्मत कार्यको छड्के अनुगमन गर्नुभएको छ । काठमाडौंको माइतीघरबाट तीनकुनेसम्म मर्मत भईरहेका सडकको शनिबार अनुगमन गनुभएको हो। मन्त्री नेम्बाङ आफ्नो नीजि नम्बर प्लेटको गाडी आफै ड्राइभ गरेर अनुगमनमा सुटुक्क निस्किए ।

दिउँसो ४ः १५ बजे नयाँ बानेश्वर, मीनभवनलगायतका ठाउँमा सडक मर्मत भइरहेको स्थानमा उहाँकोे सेतो गाडी रोकियो ।जहाँ ट्राफिक डाइभर्सनका लागि डोरी टाँगिएका थिए । डोरी टाँगिएकै अगाडी प्राइभेट नम्बरको गाडी रोकिएपछि एकछिन त सडक निर्माणमा खटिएका कर्मचारीहरु अलमलमा परे । जब ती कर्मचारीले विभागीय मन्त्री नै अनुगमनमा आएको थाहा पाए हत्तपत्त डोरि खोलियो । नेम्बाङ गाडीबाट ओर्लिएर सडक मर्मत भइरहेको स्थानमा सुक्ष्म अवलोकन गर्नुका साथै निर्माणमा खटिएका कर्मचारीबाट जानकारी समेत लिनुभयो । जहाँ विछ्याइएको अस्फाल्टको परीक्षण समेत गरियो ।निर्माणमा खटिएकी इन्जिनियर सजना अधिकारीले अस्फाल्टको तह चार सेन्टिमिटर हुने तर अहिले रोलरले नथिचिएकाले छ सेन्टिमिटर रहेको जानकारी गराइन् । अघिलो शनिबारदेखि यो सडक खण्डको आवधिक मर्मत कार्य भइरहेको छ । ट्राफिक चापका कारण शनिबार–शनिबार मात्र काम भइरहेको र आउँदो शनिबार निर्माण कार्य सक्ने लक्ष्य राखिएको इन्जिनियर अधिकारीले जानकारी दिनुभयो।

त्यस्तै मन्त्री नेम्बाङले लाखौ सेवाग्राहीले समस्या झेलिरहनु परेको स्मार्ट लाइसेन्स छपाईको समेत छड्के अनुगमन गनुभएको छ । यातायात व्यवस्था विभाग पुगेर स्मार्ट लाइसेन्स छाप्नका निम्ति सञ्चालनमा लिइएको मास प्रिन्टको वस्तुस्थिति बारे उहाँले जानकारी लिनुभयो। ट्रायल पास गरेर एक बर्षसम्म लाइसेन्स नपाउने अवस्थाको अन्त्य गरि सहज रुपमा लाइसेन्स वितरण गर्न उहाँले पहल समेत थाल्नुभएको छ ।अहिले सञ्चालनमा आएको उक्त मास प्रिन्टले दैनिक दश हजार प्रिन्ट गर्छ । यस मेसिनले प्रभावकारी रुपमा काम गरे लाइसेन्सको समस्या चार महिनामा समाधान हुनेछ । ट्रायल पास गरेका करिव ८ लाखले लाइसेन्स पाएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu