ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुर्किनाफासोमा भिषण आक्रमण १ सय १५ जनाको मृत्यु


एबीसी न्यूज
९ पुस २०७६, बुधबार   २ : ५३   बजे

एजेन्सी । उत्तरी बुर्किना फासोमा मङ्गलबार बिहान भएको आतङ्ककारी आक्रमणमा परी कम्तीमा १ सय १५ जनाको ज्यान गएको छ । सुरक्षाकर्मीहरुसँग भएको झडपका क्रममा ८० जिहादीहरु मारिएका छन् भने ३५ जना सर्वसाधारण मारिएका हुन । घटनामा परी अरु २० जना जिहादी घाइते भएका छन् ।
राष्ट्रपति रोच मार्क क्रिस्टीयन काबोरले दिनुभएको जानकारीअनुसार मङगलबार बिहानै जिहादीहरुको एउटा ठूलो समूहले आक्रमण गरेका थिए ।

आतङ्ककारी आक्रमणमा ठूलो सङ्ख्यामा सर्वसाधारण मारिएपछि यहाँ दुई दिन राष्ट्रिय शोकको घोषणा भएको छ । राष्ट्रपति उक्त घोषणा गर्नु भएको हो ।

देशको सौम प्रान्त अन्तर्गत पर्ने अर्बिन्द भन्ने ठाउँमा घटना भएको राष्ट्रपतिद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । राष्ट्रपति काबोरले सामाजिक सञ्जाल ट्वीटरमा सुरक्षाकर्मीहरुले आफ्नो विरता प्रस्तुत गरेको उल्लेख गरे। मृत्यु भएका ३५ सर्वसाधारणमा अधिकांश महिला रहेका उनले बताए ।

सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता रेमिस डान्डजीमौले मृत्यु भएका मध्ये ३१ जना महिला रहेको पुष्टि गरे । राष्ट्रपति काबोरले मृतकप्रति श्रद्धाञ्जली र मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै दुई दिन राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

घटनाका बारेमा अहिलेसम्म कुनै पनि समूहले जिम्मेबारी नलिएको समाचारमा जनाइएको छ । बुर्किना फासोमा यस्ता आक्रमणका घटना बारम्बार हुने गरेको पाइन्छ । सन् २०१५ देखि भएका विभिन्न लडाकू आक्रमणमा परी बुर्किना फासोमा अहिलेसम्म कम्तीमा ७ सय भन्दा बढीको मृत्यु भएको छ । मृत्यु भएका मध्ये २०० जना सुरक्षाकर्मी रहेका छन् ।
हिंसात्मक घटना भइरहेकाले हजारौ स्थानीय बासिन्दा विस्थापित भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group