ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी सैनिकको बेसक्याम्पमा ब्यालेस्टिक मिसाइल प्रहार : खाडी क्षेत्र युद्ध हुन सक्ने खतरा बढ्यो


एबीसी न्यूज
२३ पुस २०७६, बुधबार   ७ : ४४   बजे

काठमाडौं, २३ पुस । इरानले अमेरिकी सैनिक रहेको बेस क्याम्पलाई लक्षित गर्दै ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । आफ्ना उच्च सैन्य कमाण्डरको हत्याको प्रतिशोध लिने धम्की दिएको इरानले इराकमा रहेको अमेरिकै सैनिकको बेसक्याम्पमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार इरानले इराकमा रहेको अमेरिकी सैनिकको बेसक्याम्पलाई लक्षित इरबिल र अलआसादमा एक दर्जन भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

इरानको राष्ट्रिय टेलिभिजनले यो आक्रमण अमेरिकी हवाई आक्रमणमा मृत्यु भएका विशेष सैन्य दस्ता कुड्स फोर्सका तत्कालीन प्रमुख कासिम सुलेमानीको हत्याको प्रतिशोध रहेको उल्लेख गरेको छ ।

गएको शुक्रबार इराकको राजधानी बग्दाद स्थित विमानस्थलबाट बाहिरिने क्रममा अमेरिकाले गरेको हवाई आक्रमणमा सुलेमानीको मृत्यु भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा भएको आक्रमणमा सुलेमानीको मृत्यु भएपछि रुष्ट बनेको इरानले त्यसको कठोर बदला लिने बताएको छ ।

इरानले इराकको अल–असदमा रहेको अमेरिकै सैनिकको बेसक्याम्पलाई लक्षित गरेर आक्रमण गरेको हो । सो आक्रमणमा कसैको ज्यान गए–नगएको स्पष्ट भएको छैन ।

इराकमा अमेरिकी सैन्य क्याम्पमा भएको आक्रमणबारे जानकारी रहेको र यसबारे राष्ट्रपति ट्रम्पलाई ब्रिफिङ्ग गरिएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

इरानको रिभोलुसनरी गार्डले आफूहरुको आक्रमणमा सुलेमानीको हत्याको प्रतिशोध रहेको जनाएको छ ।

इरानको सरकारी समाचार संस्था आइआरएनए मार्फत सार्वजनिक गरिएको रिभोलुसनरी गार्डको वक्तव्यमा भनिएको छ, ‘हामीले अमेरिका सबै सहयोगीलाई पनि चेतावनी दिइरहेका छौँ, जसले आतंककारी आर्मीलाई स्थान प्रदान गरेका छन्, इरान विरोधी गतिविधि भएका स्थानमा प्रतिशोधात्क आक्रमणको निशाना बनाइने छ ।’

इरानले बुधबार बिहानै मिसाइल तथा रेकट प्रहार गरेको हो । मंगलबार सुलेमानीको अन्तिम संस्कार भएको थियो । त्यसको केही घण्टापछि नै इरानले अमेरिकी सैनिकका केन्द्रलाई निशाना बनाएको हो ।  अमेरिकाले गरेको हवाई आक्रमण र त्यसमा सुलेमानीको मृत्यु भएपछि इरानसँगै पश्चिम एशिया खाडी क्षेत्र युद्ध हुन सक्ने खतरा  बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group