ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अरुको साथदिंदा दिंदै शिक्षा लिन बिर्सेका प्रकाश मृत्युका बेला सुटुक्क निभे ।


sharan sharan
३ मंसिर २०७४, आइतबार   २ : ५४   बजे

काठमाण्डौ ।
१० वर्षे माओवादी सशस्त्र आन्दोलनको मोर्चावद्ध लडाईमा सयांै मृत्युलाई जितेका प्रकाश दाहाल अन्ततः मंसिर ३ आइतबार मिर्मिरेसंगै मृत्यस“ग हार्न पुगे ।
आजभन्दा करिब ३६ वर्ष अघि जन्मिएका प्रकाश माओवादी विद्रोहका सयौ मोर्चामा आम्नेसाम्ने भिडन्तमा खटे । सयौ मोर्चामा कुशल योद्धाको प्रदर्शन गरेका प्रकाशलाई मंसिर ३ गते मृत्युले हराइ छाड्यो । सरल र सहज स्वभावका प्रकाशले औपचारीक अध्ययनको पाटोलाई छोडेर गरिखाने वर्गको सत्ता स्थापनाका लागि भन्दै माओवादी आन्दोलनमा बाल्यकालदेखिनै होमीए । इमानको राजनीतिबाट दिक्षित प्रकाशले माओवादी आन्दोलनको सयौ राजनीतिक तथा फौजी लडाईमा प्रत्यक्ष सहभागी भए । मुक्ति या मृत्युको कफन बा“धेर युद्धको मोर्चामा लामबद्ध बनेका प्रकाश तीन दिदीका एक मात्र भाइ हुन् ।

नेपाली राजनीतिका शिर्ष पुरुष प्रचण्ड नेतृ सीता दाहालका एकमात्र छोरा प्रकाश सामान्य घरपरिवारमा जन्मिएका थिए । बाल्यकालसम्म गृहजिल्ला चितवनमै विताएका प्रकास विद्यालय तहको अध्यनन गर्दै गर्दा दिदीहरुस“ग भारतमा समेत बसे । प्रचण्डको छोरा भएकै कारण जनयुद्ध सुरु भएपनि सरकारी स्तरबाट असुरक्षाककै कारण उनी अध्ययनलाई अधुरै छाडि जनयुद्धमा होमिएन बाध्य भए ।
प्रचण्डको छोरा भएकै कारण मात्र उनको राजनीतिक उचाई थिएन । दशवर्षे माओवादी जनयुद्धमा उनले बगाएको पसिनाको मूल्य अथाह छ । युद्धका थुप्रै मोर्चामा भिडेका प्रकाश तत्कालीन माओवादीको आधार इलाका रोल्पा र रुकुमका गाउ“बस्तीमा धेरै समय बसेर युद्धमोर्चामा लामवद्ध भए । २ सय ४० वर्षे सामन्ती सत्ता ढालेर जनताको व्यवस्था ल्याउन निरन्तर उनी बम र बारुदस“ग सयौ रात कटाएका थिए ।

सामान्ती राज्य सत्ता भत्काउने सपना साहास र सौर्य प्रदर्शन गर्दै युद्ध मोर्चामा लड्नु सामान्य थिएन् । समग्र नेपालको राजनीतिक सामाजिक आर्थिक रुपान्तरण लागि बाबुको नेतृत्वमा थालिएको विद्रोहको ताप राप बमबारी तुवालोमा उनले आफूलाई समर्पित गरे ।
आकस्मिक हृदयघातसंग हारेका प्रकासलाई सामाजिकरुपमा धेरैले आलोचना गरेपनि मृत्यका बेला बिस्तरामा एक्लै थिए । लाजिम्पाटको प्रचण्ड निवासमा एक्लै सुतेका प्रकाशलाई हृदयघात हुंदा पानी पिलाउने पनि कोही थिएनन् । बिहान उठाउन पुग्दा उनी बिदावारी भै सकेका थिए । नर्भिक अस्पतालका मुटु रोग बिशषज्ञ जेपी जयसवालले अस्पताल ल्याउनु ३ घण्टा पुर्व नै प्रकाशलाई हृदयघात भएको अनुमान लगाउंछन् ।
जिवनमा आलोचना योग्य केहि असमाजीक कार्यका कारण यदाकदा आलोचीत हुने प्रकाशले पार्टी प्रतिको निष्ठा र पिता प्रतिको समर्पणमा कहिल्यै कुनै कमजोरी गरेनन् । सामान्यतया अरु शिर्ष नेताका सन्तानले उच्चशिक्षा लिएर उच्चपदमा प्रतिस्पर्धा गरिरहंदा उनी बाबुको सुरक्षाअंग बन्नमै रमाए ।
बाबुले थालेको परिवर्तनको आन्दोलनलाई उनले जीवनमरणको लडाईमा आफूलाई समर्पिर्तनै गरे बुवा र सिंगो पार्टीलाई साथ दिए । बाबुको नेतृत्वमा थालिएको गणतन्त्र, धर्मनिरपेक्ष, संघियता, समावेशी र सामाजिक न्यायको आन्दोलनमा उनी निरन्तर लागि परे । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा पार्टी हेडक्वार्टरका सचिवालय सदस्यको जिम्मेवारीमा थिए । आइतबार आकस्मिक हृदयघात भएका प्रकाशलाई साढे पा“च बजे थापाथलिस्थित नर्भिक अस्पतालमा पुराइएको भएपनि बचाउन सकिने कुनै सम्भावना भएन ।
राजनीतिक रुपले दिक्षित सकुशल योद्धा प्रकाश सामाजिक अभियान्ता समेत हुन । विनाशाकारी भूकम्पले भत्किएका गँउ“बस्ती होउन् या बाढीपहिरोले उजाड बनाइएका बस्तीमा उनी सधै पुग्थे । भूकम्पले भत्काएका आत्माहरुलाई शान्त बनाउन र उनीहरुको जीवनरक्षाका लागि सधै खट्ने प्रकाश सामाजिक क्षेत्रमा पनि निकै प्रिय थिए । अझै युवा वर्गमा घुलमिल हुन सक्ने खुबी उनमा थियो । पछिल्ला समयहरुमा कृषकको छोरो भएकाले र बाल्यकालमा समेत खेती किसान गरेकैले होला प्रकासले कृषि क्ष्ँेत्रलाई प्राथमिकतमा राख्दै आएका थिए । उनी अभियान्ता पनि हुन् । उनले देशका निम्ति गरेका बलिदान त्याग र सर्मपणको राज्यले सही मूल्याकन गर्न सकोस् । देश परिवर्तनमा हिडे एक योद्धाको अल्पायू मै भएको निधनले सारा नेपाली स्तब्ध भएका छन् । यस दुःखको घडीमा सबैले धैर्यधारण गरि प्रकाशले देखेका सपना पुरा गर्न सबैले हिम्मत गर्र्नै पर्ला ।
हाम्रो पनि श्रद्धाञ्जली प्रकाशलाई

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group