ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका र ईरानबीच तनाव बढ्दै : अमेरिकी वायु सेनाको अड्डामा फेरि रकेट आक्रमण, चार सैनिक घाइते


एबीसी न्यूज
२८ पुस २०७६, सोमबार   ९ : ०२   बजे

काठमाडौ, २८ पुस । इराकमा रहेको अमेरिकी वायु सेनाको अड्डामा फेरि रकेट आक्रमण भएको छ । आक्रमणमा इराकी सेनाका दुई अधिकारी र दुई सैनिक घाइते भएका छन् ।

इराकी सेनाले आइतबार सैनिक अड्डामा आक्रमण भएको जनाएको छ । ‘बगदादबाट झण्डै ८० किलोमिटर उत्तरमा अल–बलाड सैनिक अड्डामा कम्तीमा ६ वटा रकेट प्रहार भएको छ’, सेनाले जारी गरेको बयानमा गरिएको छ । अल–बलाड सैनिक अड्डा इराकमा रहेको अमेरिकी वायु सेनाको प्रमुख अड्डा हो । इराकले आफ्नो एफ–१६ लडाकु विमान पनि यही राख्दै आएको छ । यो आक्रमणमा अमेरिकी सैनिकलाई कुनै पनि हानी नपुगेको बताइएको छ ।

अमेरिका र ईरानबीच तनाव बढ्दै गएपछि यहाँबाट धेरैजसो अमेरिकी सैनिकले छोडिसकेका छन् । रकेट कहाँबाट प्रहार भएको थियो भन्ने बारेमा जानकारी प्राप्त भइसकेको छैन । ईरानले आफ्नो शीर्ष कमाण्डर कासिम सुलेमानीको हत्यापछि गएको हप्ता यही सैनिक अड्डामा मिसाइल प्रहार गरेको थियो । अमेरिकाले इराकको अन्तर्राष्ट्रिय विमानस्थलनजिक क्रुज मिसाइल प्रहार गरेर सुलेमानीको हत्या गरेको थियो । यो घटनापछि अमेरिकी र ईरानबीच तनाव झन् बढ्दै गइरहेको छ । पछिल्ला दिनमा इराकमा रहेका अमेरिकी सैनिक अड्डामा आक्रमणको सिलसिला बढिरहेको छ । तर धेरैजसो आक्रमणमा इराकी सैनिक घाइते भएका छन् । यस्तै आक्रमणमा एक अमेरिकी कन्ट्रयाक्टरको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu