ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषिमा आधुनिकरण बिना आर्थिक समृद्धि असम्भव : केपी ओली


sharan sharan
४ मंसिर २०७४, सोमबार   ८ : १८   बजे

काठमाडौ, ४ मंसिर
नेपालको आर्थिक समृद्धिका लागि राजनीतिक दलहरुले आफनो घोषणापत्रमा महत्वाकांक्षी प्रतिवद्धता व्यक्त गरिसकेका छन । यही विषयमा नेपाल उद्योग बाणिज्य महासंघले गरेको अबको संकल्प आर्थिक समृद्धि विषय बहसमा शिर्षले नेताहरुले अब समृद्धिको विकल्प नरहेको भन्दै निर्वाचनपछि तिब्र आर्थिक विकासमा लाग्ने बताएका छन् ।
देश स्थानिय तहको निर्वाचन सकाएर प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको संघारमा छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि संविधान कार्यान्वयन पुर्णतासंगै देश आर्थिक समृद्धिको बाटोमा जानेमा आम उद्योग व्यवसायीहरु आशावादी छन । उद्योग बाणिज्य संघले गरेको बहसमा पुर्व प्रधानमन्त्री एव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समृद्धका लागि कृषिमा व्यवसायीकरण गर्नेपर्ने बताए । ओलीले रोजगारीका लागि ठुलो अवसर कृषि क्षेत्र भएकाले कृषिमा आधुनिकीकरणले मात्र निजी क्षेत्रको विकासको साथै आर्थिक समृद्धि हासिल हुन सक्ने बतँए ।
नेपाल सानो मुलुक भएपनि आर्थिक विकासको सम्भावनाहरु प्रशस्त छन् । नेपालको जलबिद्युत, कृषि, वन , जडिबुटी लगाएत प्राकृतिक सम्पदाको उचित व्यवस्थान हुन सके समृद्धि टाढा छैन । पूर्व अर्थमन्त्री एवम नेपाली का“ग्रेसका नेता रामशरण महतले कर्मचारीतन्त्रलाई राजनीतिक पार्टीबाट टाढा राखेर निजी क्षेत्रलाई अगाडि बढाउनु आवश्यक रहेको बताए ।
नेपालको विकासका लागि सबै राजनीतिक दलहरु एकबद्धता भएर निजी क्षेत्रका साथै सरकारी संयन्त्रलाई समक्ष बनाउने हो भने नेपाल केही वर्षमा समृद्ध बन्ने निश्चित छ । पुर्व अर्थमन्त्री एवम माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पनि निजी क्षेत्रको विकासबिना समाजवाद सम्भव नहुने भन्दै बाम गठबन्धन निज्ीा क्षेत्रको विकासमा जुट्ने बताए ।
लामो समय राजनीतिक अस्थिरताका कारण नेपालमा निजी क्षेत्र धरासायी बन्दै गएका बेला पछिल्लो समय आर्थिक सुचकाङकसमेत बढ्दै गएकाले नेपाल समृद्धिको बाटोमा रहेको मान्न सकिन्छ । त्यसैले निजी क्षेत्रसमेत सबै चरणको निर्वाचन सकिएसंगै संविधान कार्यान्वयन हुने र आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्ने नेपाल उद्योग बाणिज्य महासघकी अध्यक्ष भवानी राणाको विश्वास छ ।
यसरी राजनीतिक दलहरुले घोषणापत्रको साथै सार्वजनिक रुपमै आर्थिक विकासलाई जोड लिएका छन । आबको नेपाल निर्माणको मिसन आर्थिक समृद्धि भएकै कारण नेपालमा लगानीको वातावरण समेत बन्ने देखिन्छ । यसलाई राजनीतिक नेतृत्वले पनि बोलीमा भन्दा व्यवहारमा उतार्नु आवश्यक छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group