ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले गम्भीर अवस्थाको सामना गरिरहेको छ : चिनियाँ राष्ट्रपति सी


एबीसी न्यूज
१२ माघ २०७६, आइतबार   ८ : २२   बजे


काठमाडौं, १२ माघ ।  चीनमा कोरोना भाइरस फैलिने क्रम तीव्र भइरहेको छ । यही अवस्थालाई लिएर चिनियाँ राष्ट्रपति सी जिनपिङले चेतावनी दिँदै ‘गम्भीर अवस्था’ निम्तिएको बताएका छन् ।

कोरोना भाईरस तीव्र गतीमा फैलन थालेपछि राष्ट्रपति सी ले चिनियाँ उच्च अधिकारीहरुको विशेष बैठक डाकेर गम्भीर समस्यामा रहेको देशको अहिलेको खतरापूर्ण अवस्थालाई सहजतातर्फ लैजान निर्देशन दिनुभयो ।

चिनियाँ नयाँ वर्ष ‘लुनार’ को अवसरमा सार्वजनिक बिदाकै दिन डाकिएको बैठकमा राष्ट्रपति सी ले सचेत रहन नागरिकलाई पनि आग्रह गर्नु भएको छ ।

चिनियाँ शहर वुहानमा पहिलो पटक सङ्क्रमण देखिएपछि अहिलेसम्म कम्तीमा ४२ जनाको ज्यान गइसकेको छ भने एक हजार चार सयभन्दा बढी सङ्क्रमित भएका छन् ।

वैज्ञानिकहरुले चेतावनी दिँदै चीनमा फैलिइरहेको घातक कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न असम्भव हुन सक्ने बताएका छन् ।

विश्वको सङ्क्रमित रोगका बारेमा अध्ययन गर्ने लण्डनको एमआरसी सेन्टरले भनेको छ, ‘यो भाइरस मानिसबाट मानिसमा सङ्क्रमण हुने हुँदा यसको अवस्थाला कस्तो छ भनेर बुझ्न सकिन्छ ।’ सेन्टरका अनुसार एक जनाबाट कम्तीमा अन्य दुई जनामा यसको सङ्क्रमण फैलिइरहेको छ ।

तर वैज्ञानिकहरुले यो भाइरसबाट बच्नका लागि चीन गरिरहेको प्रयासलाई सहरानीय भनेका छन् । कैयौँ प्रभावित शहरहरुमा यात्रा प्रतिबन्ध लगाइएको छ । आइतबारबाट कोरोना भाइरस फैलिएको वुहान शहरको केन्द्रिय जिल्लाको निजी सवारीसाधनमा पनि प्रतिबन्ध लगाइने भएको छ । यसैबीच चीनले कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुका लागि ६ दिनभित्र हजार शैय्याको अस्पताल बनाउने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu