ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काश्मिरमा कडा सुरक्षा व्यवस्था


admin
६ मंसिर २०७४, बुधबार   ३ : ४०   बजे

काश्मिर, ६ मंसिर ।  भारत नियन्त्रित काश्मिरमा मङ्गलबार लासकार ए तोइबा नामक एक आतङ्ककारी समूहका तीनजना सशस्त्र हतियारधारी मारिएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको समाचार छ ।

सधैँजसो अशान्त नै भइरहने भारत नियन्त्रित काश्मिरमा आतङ्ककारीहरुले थप हिंसा मच्चाउनसक्ने अनुमानमा प्रहरी र अर्धसैन्य बलको ठूलो संख्या मङ्गलबार साँझदेखि त्यहाँ खटाइएको छ ।

मङ्गलबार बिहानमात्र सो क्षेत्रमा सुरक्षाकर्मीको गोली लागेर उनीहरु मारिएका थिए । अर्ध सैन्यबल र ती आतङ्ककारीबीच भएको दोहारो गोली हानाहानमा ती आतङ्ककारी मारिएका सुरक्षा अधिकारहरुले जानकारी दिएका छन् ।
भारत नियन्त्रित काश्मिरको प्रान्तीय राजधानी सहर श्रीनगरबाट ८० किलोमिटर उत्तरपश्चिममा पर्ने कुप्वारा जिल्लाको मगाम हान्दवारा गाउँमा ती आतङ्ककारी मारिएका थिए ।

भारतीय प्रहरी काश्मिरका प्रवक्ताले जानकारी दिएअनुसार उक्त क्षेत्रमा निकै लामो समयदेखि उक्त आतङ्ककारी समूहमा आवद्ध लडाकूहरुको क्रियाकलापहरु बढिरहेका थिए ।

सो घटनालगत्तै मङ्गलबार बिहान पनि सो इलाकामा प्रहरी कारबाही जारी नै रहेको प्रहरीले जनाएको थियो । मङ्गलबार साँझबाट थप सैन्य बलले गस्ती सुरु गरेको बताइएको हो ।

भारतीय सहर मुम्बाईमा सन् २००८ मा भएको आक्रमणमा पनि यही लासकार ए तोइबा नामक आतङ्ककारी सङ्गठनको हात रहेको भारतले जनाउदै आएको छ ।
यस आक्रमणमा परी १६६ व्यक्तिको मृत्यु भएको थियो भने अरु सय भन्दा बढी घाइते भएका थिए ।
त्यसयता भारत सरकारले उक्त समूहलाई आतङ्ककारी समूहका रुपमा व्यवहार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकी डलर सस्तियो, युरो–पाउन्डसहित अधिकांश विदेशी मुद्रा महँगियो

अख्तियारले मात्रै सक्दैन भ्रष्टाचारको जाल तोड्न :  प्रधानमन्त्री शाह

सम्बन्धित

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो

ट्रम्पको ‘होर्मुज नियन्त्रण’ दाबी, तर जहाजको आवतजावतले देखाउँछ इरानको प्रभाव कायमै

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सुनखानीमा पहिरो, १०७ जनाको मृत्यु

भारतमा सरकारी विद्यालय सुधारका लागि सीजेपीको ‘फिक्स द स्कुल्स’ अभियान

किभमा रुसी मिसाइल आक्रमण, पाँच जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu