ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मरेर पनि बाँचेका बर्षमान र हस्पिटल जानै नपाएका प्रकाश


sharan sharan
७ मंसिर २०७४, बिहिबार   ८ : ३५   बजे
शारदा शर्मा

साच्चै भन्नु पर्दा मलाइ अाज पनि प्रकाशको मृत्युु सपना जस्तै लागेको छ। कहिलेकाहीँ यस्ता सपनाहरुको सामना गर्नु पर्नेरहेछ मान्छेले जुन सपनाले असाध्यै चर्को पीडा दिने गर्छन । मलाइ लाग्दैन यहाँ सम्बन्ध कति नजिक थिए र कति दुरीमा थिए ती कुराहरुले कुनै अर्थ नराख्ने रैछन । यौटा घनिभुत यट्याचमेन्टले मान्छेलाइ निकै नजिकबाट अाफै निकटस्थ बनाइदिने रैछ । मैले बिगतलाइ नियाले एकदिनले कसैलाइ जीवन दिन सहयोग गर्यो तर त्यही एकदिन कसैको लागि निकै अप्ठ्यारो बन्यो । सोचें नजिक छौ भन्नेहरुले किन बुझ्न सकेनन ? के त्यहाँ पनि शक्ति र पावरको खेलनै थियो ? कि प्रचण्डको छोरो मात्र बन्यो ? फेरि सोचे निकटस्थ हरुलाइ समेत छलेर अाएको त्यो मृत्युुले के साच्चै उसलाइ छल गर्यो ? अह मन मान्नै सकेको छैन।
नयाँदिल्ली बाट बिरामी अवस्थामा नै फर्काइएका बर्षमान पुनको बिषयलाइ लिएर एकदिन बिहान प्रचण्ड र सीता मेडमले अांशु झार्दा हामीले जानेको सल्लाह मात्र दिएका थियौ । सिंगो पाटी थियो उहांहरुको तर हामीसंगत मात्र संवन्ध थियो र पनि मानवीय नाता र हाम्रो संबन्धको उचाइले हामीलाइ पछाडि हट्नै दिएन । बाध्य भएर नभनौ खुसीनै भएर हामी उहालाइ बैंकक लान तयार भयौ । एकाएक शुभ बैंकक जानू पर्ने भयो हामीलाइ कुनै रुचिनै थिएन । साच्चै भन्नुपर्दा अरुनै जानू पर्छ र हामी जानू हुदैन भन्नेमानै थियौ ।तर हामीले अस्वीकार गर्नै सकेनौ।जसरी पनि जानै पर्ने भयो।अफिसका कयौ अप्ठ्यारा काम छोडेर शुभ बैंकक जानू भयो। ब्यबस्था बदल्ने लडाइँ लडेका बर्षमान संग हजारौ साथीहरु थिए युद्ध मैदानमा युद्ध लड्ने समय। तर उनको जीवन र मृत्युको लडाइँमा हामी मात्र थियौ । सायद यो संयोगनै मान्नु पर्छ । जीवनमा कतिपय त्यस्ता पलहरु अाउने रहेछन जस्को कल्पना पनि गरिएको हुदैन तर तिनै पलहरुले कसैलाइ जीवन दिन मद्दत पनि हुनेरहेछ।
यस्ता कयौं किस्साहरुको प्रत्येक्ष उदाहरण बनेका छौ हामी । बर्षमानलाइ सहयोग गरेबापत उपहार स्वरुप हामी समाचार पनि बनेउ। हामीलाइ समाचार बनाउने तिनै बर्षमानका निकटस्थहरु थिए ।यस्तै अचम्मको सामाजिक संरचनामा रहेका छौ हामी । अरुको बिरोध गर्न हामीले डिटेल बुझ्नु पर्दैन रिस उठे पुग्छ । जे होस उनी स्वास्थ भएर अाज पनि राजनीतिक दौडधुपमा लागिरहेका छन । मान्छेले अाफुलाइ फर्केर कति हेर्छ या हेर्दैन त्यो अाफ्नो कुराहो ।हरेक कुरा छुट छ के गर्ने, नगर्ने ,उसको अधिकारको कुरा हो।तर मानवीय रुपमै कठोर बन्न सायद कमै मान्छे सक्छन होला।यसरी जीवन सकिएको अनुभव गरेका बर्षमानले पुनर्जन्म पाए तर प्रकाश दाहाल?बर्षमानको लागि अाशु झारेर जहाँ पनि लएर बंचाउन तयार हुने प्रचण्ड र सीताको अगाडि अाफ्नो छोरा बचाउने कुनै अपसन बाकी रहेन।एक दुई पटक घरमा प्रचण्डलाई खाना खुवाउने अवसर मिलेको थियो।सायद के देखेर हो उहाँले ज्ञानु संग ठ्याक्कै तिम्रो स्वभाव मिल्नेरहेछ भन्नुभएको थियो।मलाइ थाहा छैन उनीसंग मेरो स्वभाव साच्चै मिल्थ्यो या मिल्दैनथ्यो।अन्तिम पटक जीवन र मृत्युको लडाइ लड्न बाध्य भएकी ज्ञानुसंग हस्पिटलमा मात्र भेट भएको थिय‍ो । यो संबन्धको जगमा उभिएर हेर्दा पनि त उ मेरो भाइ थियो।

तर त्यो एकदिन अब कहिल्यै अाउने छैन जहाँ उसलाइ बचाउन सकियोस।
अत्यन्तै संवेदनशील बिषयलाइ पनि गम्भीर रुपमा नलिने हाम्रो स्वभाबकै कारण कतै प्रकाश दाहाल हस्पिटल जानै नपइ प्राण त्यग्न बाध्यत भएनन ? मैले बिगत सम्झेँ ।अाफ्नो जीवनका यस्ता तमाम किस्साहरु केलाउदै जादा यो अपत्यारिलो मृतुले मेरो मुटु काप्यो। प्रकाश सामान्य मान्छे पक्कै थिएनन।कसैले थाहै नपाएको मृत्यु मर्न बाध्य उनलाइ न हस्पिटल जाने अवसर मिल्यो न अौषधि उपचार गर्नेनै । के यो नियति थियो ?  फेरि किन ? के उनी साच्चै स्वस्थ थिएत ? कसैले नदेखेकै हो उनको बिरामीपन या देखेर पनि नदेखेझै गरियो। यो प्रस्नको जवाफ म संग हुने कुरा पनित भएन।
मैले केही दिन अगाडिको कुरा सम्झें । वामगठबन्धनको संयुुक्त पत्रकार सम्मेलन सकेर घर अाइपुगेपछि शुभले म संग भन्नुभएको थियो ,प्रकाश बिरामी देखे मैले। उसको टाउको पनि धेरै ठूलो देखें , हैन केटो बिरामी छ । हामीबीच यति कुरा भएको थियो त्यो दिन । के अरु कसैले उस्लाइ बिरामी देखेनन ? साच्चै भन्नू पर्दा हामीलाइ चासोको बिषय पनि थिएन । चुनाबी अभियानको सिलसिलामा हाम्रो टीम चितवन पुगेर शुभ र प्रचण्ड बिच कुरा हुदा बीचमै अाएर म काठमाडौं जान्छु भनेको प्रकाशको बिरामीपनको बिषयमा प्रचन्डसंग कुरा गर्छु भन्दा भन्दै बिर्सनु भएछ शुभले । सायद त्यसको चौथो दिन प्रकाशले हस्पिटल पनि जानै नपाइ ज्यान गुमायो । यो दुखद क्षणमा हामीले बिरामी देखेको प्रकाश साच्चै बिरामी थियो या थिएन ? उसको मृत्युु अाकस्मिक थियो या हस्पिटल गएपछि ठिक हुन सक्ने थियो यो अन्यौलमै छोडेर प्रकाश निभ्न बाध्य भएको छ । सायद यस दुखद घडीले बर्षमानले जितेको मृत्यु भन्दा पनि प्रकाशले पुग्न नसकेको हस्पिटल को दुरी निकै लामो बनेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group