ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन प्रक्रिया सुरु


एबीसी न्यूज
१८ माघ २०७६, शनिबार   ९ : ०२   बजे

काठमाडौं, १८ माघ ।  सरकारले कोरोना भाइरसको संक्रमण रहेको चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन प्रक्रिया सुरु गरेको छ ।

नेपाली विद्यार्थीलाई स्वदेश ल्याउनको लागि सहजीकरण गर्न चीन सरकारलाई पत्र पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसरी ल्याउने विद्यार्थीलाई आइसोलेसन अर्थात छुट्टै ठाउँमा राख्ने व्यवस्था भएपछि मात्र चीनले फिर्ता ल्याउन अनुमति दिनेछ । यसरी ल्याइएका विद्यार्थीलाई आवश्यक पर्दा निगरानीको लागि छुट्टै ठाउँको व्यवस्था गर्न काठमाडौका केही अस्पताललाई निर्देशन दिइएको पनि मन्त्रालयले जनाएको छ । वुहान शहरमा रहेका नेपाली विद्यार्थीमध्ये १ सय ७७ जना नेपाली दूतावासको सम्पर्कमा छन् । उनीहरु कोरोना भाइरसको संक्रमणबाट सुरक्षित भए पनि मनोवैज्ञानिक त्रासमा छन् ।

विद्यार्थीहरुले आफूहरुलाई छिटो स्वदेश फर्काउने पहल गर्न सरकारसँग आग्रह गर्दै आएका छन् । यसैबीच स्वास्थ्य मन्त्रालयले चीनमा रहेका नेपालीलाई नआत्तिन तर सजक हुन अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ती निकालेर चीन सरकारले चालेका कदमलाई मनन गरी सुरक्षाका लागि चालिएका सबै प्रयासमा सहयोग गर्न आग्रह गरेको छ । वुहानमा रहेका नेपालीलाई बेइजिङमा रहेको नेपाली दूतावासको नियमित सम्पर्कमा रहन पनि मन्त्रालयले भनेको छ । स्वास्थ्य मन्त्रालयले चीनमा रहेका नेपालीको स्वास्थ्य सुरक्षा तथा अरु आवश्यक व्यवस्थाका लागि प्रतिवद्ध रहेको पनि जनाएको छ । कोरोना भाइरसको संक्रमणको रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्चस्तरीय समिति पनि बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group