ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार्यदलको प्रतिबेदन कै आधारमा एमसिसिको निर्णय हुन्छ : अध्यक्ष प्रचण्ड


sharan sharan
४ फाल्गुन २०७६, आइतबार   ६ : २२   बजे

कोहलपुर, ४ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले पार्टी र सरकार संचालनमा पार्टी केन्द्रिय कमिटीले गरेको निर्णय अक्षरस कार्यान्वयन हुने बताउनु भएको छ ।
पार्टी एकिकरण पछिको पहिलो पटक राखिएको प्रदेश ५ स्तरिय प्रशिक्षण कार्यक्रमलाई बांकेको कोहलपुरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केन्द्रिय कमिटीले गरेका निर्णयलाई सरकार र पार्टी संचालनमा लागु गरिने बताउनु भयो । अध्यक्ष प्रचण्डले पार्टी एकीकरणको सृङ्खला २०५८ सालबाट सुरुभएको स्मरण गर्दै पार्टी एकता कुनैपनि हालतमा कमजोर नहुने दाबी गर्नुभयो । पार्टी एकता मुलुक परिवर्तनका लागि र समाजबाद ल्याउनका लागि गरिएको प्रचण्डको भनाई थियो ।
सरकार कमजोर हुंदा मुलुकले गति लिन नसकेको प्रसंगको चर्चा गर्दै अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपि शर्मा ओलीको नेतृत्वमा ५ वर्ष सरकार संचालन गरेर स्थायीत्व दिईने बताउनु भयो । उहांले बहुचर्चित एम सि सिका बिषयमा पार्टीले अध्ययन कार्यदल गठन गरेको बताउंदै कार्यदलले दिएको प्रतिबेदनकै आधारमा एम सि सिका बिषयमा निर्णय गरिने जिकिर गर्नुभयो ।
कार्यक्रममा पार्टीका स्थायी समिती सदस्य तथा प्रदेश ५ का ईन्चार्ज एवं मुख्यमन्त्री शंकर पोखरेलले नेतृत्व कै कारण पार्टी एकता मजबुत बन्न नसकेको आरोप लगाउनु भएको प्रशिक्षणमा सहभागि कार्यकर्ताले जानकारी दिए । मुख्यमन्त्री पोखरेलले बिगतलाई सम्झेर होईन भबिश्यलाई सम्झेर एकतालाई मजबुत बनाउन आग्रह गर्नुभएको उनले बताए ।
कडा सुरक्षा बिच संचालन भएको प्रशिक्षणमा पत्रकारहरुलाई सहभागिताको दृष्य छांयाङ्कन गर्न दिईएपनि नेताहरुको संबोधनमा बाहिर जान भनिएको थियो । प्रशिक्षणमा पार्टी नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल, महासचिव बिष्णु पौडेल लगायतले सम्बोधन गर्नुभएको थियो । प्रदेशका ३ हजार बढी कार्यकर्ताहरु प्रशिक्षणमा सहभागि भएकाछन् । पार्टीले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरुलाई पार्टी कै समर्थकहरुको घर बस्ने ब्क्यवस्था मिलाईको नेकपाको बांके जिल्ला कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu