ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल विकास र समृद्धिको नयाँ युगतिर– अध्यक्ष प्रचण्ड


admin
१६ फाल्गुन २०७६, शुक्रबार   ७ : १४   बजे

 

काठमाडौं, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विकास र समृद्धिको नयाँ युगतिर जाने जमर्को गरिराखेको बताउनुभएको छ । नेपाल पोल्ट्री महासङ्घले आजदेखि यहाँ आयोजना गरेको नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी २०२० को उद्घाटन गर्नुहुँदै उहाँले व्यवसायका क्षेत्रमा अनुसन्धान र उत्पादकत्वबारे अध्ययन हुनुपर्ने बताउनुभयो ।

विश्वभरका विभिन्न कम्पनी र तिनका प्रतिनिधिलाई यहाँ देख्न पाउँदा आफूलाई निकै खुशी लागेको बताउँदै उहाँले नयाँ प्रविधि बुझेर त्यसलाई प्रयोग गर्न सिक्ने आधार बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो प्रदर्शनी नेपालको समग्र विकासको प्रयासमा एउटा नयाँ योगदानको आधार भएको महसुस गरेको छु । यसले पोल्ट्री व्यवसायको मात्र नभएर समग्र आर्थिक र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउँछ ।”“हामीलाई विगतका थुप्रै नकारात्मक विराशतले पछ्याइरहेको छ,” विगतका नकारात्मक कुरालाई अन्त्य गर्नुुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “व्यवसायका क्षेत्रमा विभिन्न ठाउँमा अनुसन्धान, प्रयोग र उत्पादकत्व वृद्धि गरी देशलाई आत्मनिर्भर बनाउने सन्दर्भमा विभिन्न क्षेत्रमा पहल कदमी भइरहेको अनुभूति हुन थालेको छ ।”

कार्यक्रममा महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले नेपालको पोल्ट्री व्यवसाय हाल सङ्कटमा रहेको भन्दै सरकारबाट अपेक्षाकृत सहयोग हुन नसकेको गुनासो गर्नुभयो । तीन दिनसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय प्रदर्शनी मिडिया स्पेस सोलुसन्स प्राली तथा फ्युचरेक्स एण्ड इभेन्ट प्रालीको सहकार्यमा भएको हो । प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रको सुदृढीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेन्टस्, डेरी, पोल्ट्री, दाना, ह्याचरी र मासुजन्य उद्योग लगायतको सम्पूर्ण पशुपक्षीपालन लगायतका विषयमा जानकारी दिइनेछ ।

यस्तै नेपाल भेटेनरी सङ्घको सहकार्यमा चारदिने पोल्ट्री पाठशालाको आयोजना गरिने महासङ्घका उपाध्यक्ष टीकाराम पोख्रेलले जानकारी दिनुभयो । २०० वटा कक्ष रहेको सो प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रका अग्रज उद्योगपति, स्थापित व्यवसायी क्षेत्रगत पेशाकर्मी तथा समग्र किसान लगायतको प्रत्यक्ष संलग्नता रहेको जानकारी दिनुभयो ।प्रदर्शनीमा नेपाल सरकार कृषि तथा पशुपक्षी मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि उद्योग केन्द्र, नेपाल उद्योग वाणिज्य महासङ्घसँगै भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिङ्गापुर, ताइवान, इटाली, इजराइल, बङ्ग्लादेश लगायतका देशका पोल्ट्री कम्पनीको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu