ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल कोरोना भाइरसबाट सङ्क्रमित भएको छैन– मन्त्री डा खतिवडा


admin
२२ फाल्गुन २०७६, बिहिबार   ८ : ४२   बजे

काठमाडौं, २२ फागुन ।  सरकारले नेपाल कोरोना भाइरसबाट सङ्क्रमित नभएको प्रष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री डा युवराज खतिवडाले कोरोना सङ्क्रणको आशङ्का गरिएका व्यक्तिमा ‘नेगेटिभ’ देखिएको बताउनुभयो ।

उहाँले मुलुकभित्र कोरोना सङ्क्रमित नभएका अवस्थामा मुलुक बाहिरबाट हुन सक्ने सङ्क्रमण रोक्न अन्य मुलुकबाट आउने यात्रुलाई निगरानीमा राख्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो । “हवाई यात्रुको हकमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको ‘स्क्रिनिङ’ गरिएको छ, शङ्कास्पद लागेमा क्वारेन्टाइनमा राखिएको छ”, उहाँले भन्नुभयो, “स्थलमार्गबाट आउने पर्यटकलाई ‘अनअराइभल’ भिसा नदिने निर्णय भइसकेको छ, त्यसका अतिरिक्त विभिन्न छ वटा मुख्य स्थलनाकामा सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइसकेका छौँ ।

नेपाल–भारतबीच नागरिकको अत्यधिक आवातजावत हुने ३७ नाकामा स्वास्थ्य टोली खटाइएको उहाँले जानकारी दिनुभयो । अन्य नाकामा पनि सरकारले थप व्यवस्था गरेको मन्त्री खतिवडाको भनाइ छ । उपप्रधानमन्त्रीको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको दुई पटक बैठक बसिसकेको जानकारी दिँदै उहाँले समितिले आवश्यक निर्णय गर्दै आएको बताउनुभयो ।

समितिको आज बसेको बैठकले कोरोना सङ्क्रमण भित्रन नदिन थप सुरक्षा अपनाइने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । “खासगरी औषधिको अभाव हुन नदिनलाई मौज्दात राख्ने, आयात गर्ने, भारतले औषधि निर्यातमा लगाएको प्रतिबन्धको हकमा नेपालका लागि विशेष छुट दिन आग्रह गरिएको छ”, मन्त्री खतिवडाले भन्नुभयो, “अत्यावश्यक वस्तुको आपूर्ति र बजारमा कुनै प्रकारको वस्तुको कृत्रिम अभाव हुन नदिने, अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेका छौँ ।”

योजनाबद्ध काम भइरहेको छ ः प्रवक्ता देवकोटा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको सङ्क्रमण फैलन नदिन विश्वव्यापी मान्यतानुरुप योजनाबद्ध ढङ्गबाट काम गरिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले उच्च प्राथमिकतामा राखेर यसको नियन्त्रण राख्न कोशिश गरिरहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । “सरकारले उच्चस्तरीय समिति बनाएको छ । त्योबाहेक स्वास्थ्य मन्त्रालयले मन्त्री र सचिवको संयोजकत्वमा समिति बनाएको छ । त्यस्तै महाशाखा प्रमुखको संयोजकत्वमा प्राविधिक समिति बनेको छ”, उहाँले भन्नुभयो, “तीनवटा समितिमार्फत मन्त्रालयले काम गरिरहेको छ ।”

कोरोना नियन्त्रण गर्ने मुख्य उद्देश्य स्वास्थ्य मन्त्रालयले लिएको उहाँको भनाइ छ । “कोरोना भाइरस देशभित्र उत्पत्ति नभएका हुनाले यसको मुख्य असर हाम्रो मुलुकमा छैन । बाहिर छ, बाहिरबाट आउनलाई कसरी रोकथाम गर्ने भन्ने हाम्रो प्रमुख ध्यान त्यसतर्फ केन्द्रित छ”, उहाँले भन्नुभयो ।

औषधिलगायत स्वास्थ्य उपकरणको अभाव हुन नदिने विषयमा अन्य मन्त्रालय र निकायसँग छलफल भइरहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । “आवश्यक संयोजन मिलाउने विषयमा हामी जुटिरहेका छौँ । कोरोना भित्रन नदिन, भित्रिएमा रोकथाम गर्न र औषधिजन्य वस्तुको अभाव हुन नदिने संयोजनकारी ढङ्गले सरकारले कदम चालेको छ”, उहाँले भन्नुभयो ।

सरकारले सङ्क्रमण फैलन नदिन त्रिवि अन्तरराष्ट्रिय विमानस्थलको टर्मिनलमा बाह्य मुलुकबाट आउने यात्रुको शारीरिक परीक्षण गर्ने, शङ्कास्पदलाई तुरुन्तै निगरानीमा राखेर उपचार गर्ने, अन्यलाई ‘स्क्रिनिङ’ गर्ने काम गरिरहेको छ । अन्तरराष्ट्रिय मापदण्डअनुसार थर्मल स्क्यानबाट परीक्षण गरिँदै आइएको उहाँले जानकारी दिनुभयो । “विमानस्थलमा स्वास्थ्य जनशक्ति पहिलेको तुलनामा दोब्बर पारेका छौँ”, उहाँले भन्नुभयो, “हरेक सिफ्टमा छ÷सात जना जनशक्ति विमानस्थलमा खटिइएका छन् । रातिको समयमा चार जना बस्नुहुन्छ ।”

भारतका केही भूभागमा पनि कारोना सङ्क्रिमत देखा पर्न थालेको अवस्थालाई ध्यानमा राख्दै स्थलमार्गबाट आउने व्यक्तिमा पनि परीक्षण गर्न थालिएको उहाँले बताउनुभयो । “अहिले सातै प्रदेशमा सातवटा टोली पठाइसकेका छौँ । आजको उच्चस्तरीय समितिको निर्णयअनुसार थप नाकामा स्वास्थ्य टोली खटाएका छौँ”, उहाँले भन्नुभयो, “केही अत्यावश्यक सामग्री जस्तैः मास्क, थर्मामिटरलगायत वन्दोबस्तीका सामग्रीसहित खटाइएको छ ।”

विमानस्थलबाट शङ्का लागेर परीक्षण गर्न ल्याइएका २६ जनामा कोरोनाको सङ्क्रमण नपाइएको उहाँले बताउनुभयो । अहिलेसम्म सबैको रिपोर्ट नेगेटिभ आएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा रहेका पाँच जनाको रिपोर्ट आउन बाँकी छ ।

स्वदेशमै मास्कको उत्पादन गर्ने विषयमा पनि मन्त्रालयले ध्यान दिएको उहाँको भनाइ थियो । “अहिले हामीले मास्क उत्पादन गर्ने कम्पनीका प्रतिनिधिलाई बोलाएर जति सक्दो छिटो मास्क उत्पादन गर्न आग्रह गरेका छौँ । भारतबाट आयात गर्ने मास्कलाई फुकुवा गर्ने कुरा पनि भइरहेको छ”, प्रवक्ता देवकोटाले भन्नुभयो, “ औषधि पर्याप्त रहेको छ । औषधिमा कुनै समस्या छैन । हाललाई मौज्दात छ ।”

शुक्रराज ट्रपिकल अस्पताल, पाटन अस्पताल र सेना तथा प्रहरीको अस्पताललाई पहिलो श्रेणीमा राखी अस्पतालको तयारी तीव्र पारिएको उहाँले जानकारी दिनुभयो । “त्यसपछि उपत्यकामा रहेको हब अस्पताललाई पनि कोरोना सङ्क्रमितको उपचारका लागि तयारीको अवस्थामा राख्न अनुगमन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यस्तै प्रादेशिक अस्पताललाई पनि तयारी अवस्थामा रहन आग्रह गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयसँग पनि समन्वय भइरहेको छ ।”उहाँले जनतामा भ्रम सिर्जना गर्ने खालका समाचार नदिन पनि सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu